१४ बैशाख २०८१, शुक्रबार

क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीप परेनन् टिममा


नेपाल अमेरिकासँग पराजित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आईसीसी विश्वकप क्रिकेट लिग-२ को त्रिदेशीय सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । ती २८ जनाबाट क्यानले १४ सदस्यीय टिम घोषणा गर्नेछ ।

टिममा स्पट फिक्सिङको आरोपमा पक्राउ परेका अलराउन्डर आदिल अन्सारी र बलात्कार आरोपमा मुद्दा खेपिरहेका सन्दीप लामिछाने भने टिममा परेनन् । क्यानले सन्दीपलाई टिममा फकाउने छलफल गरेको बताएपनि अन्तिम समयमा उनी टिममा नअटाएका हुन् ।

क्यानले सामाजिक सञ्जालमार्फत खेलाडीको सूची सार्वजनिक गरेको हो । कप्तान रोहित पौडेल तथा पूर्वकप्तान ज्ञानेन्द्रसहित सिद्धान्त लोहनी, सूर्य तामाङ तथा अंकित सुवेदी लगायतलाई समेटेर २८ सदस्यीय टिम बोलाइएको हो ।

नेपाली टिममा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, शरद भेसावकर, ललित राजवंशी, विनोद भण्डारी, सागर ढकाल, सन्दीप जोरा, किशोर महतो, कमलसिंह ऐरी, सिद्धान्त लोहनी, अर्जुन साउद, अविनाश बोहरा, सूर्य तामाङ, विवेक यादव, भीम सार्की, कुशल मल्ल, मौसम ढकाल, अनिल साह, बिक्रम शोब, भुवन कार्की, अंकित सुवेदी रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु