१२ बैशाख २०८१, बुधबार

सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्चमा निवेदन


सन्दीप लामिछाने

काठमाडौं । नेपाली क्रिकेट टिमका पुर्वकप्तान सन्दीप लामिछानेलाई थुनामा राख्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर भएको छ । लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालय आज सर्वोच्च अदालत गएको हो ।

उच्च अदालत पाटनको २० लाख धरौटीमा लामिछानेलाई छाड्ने आदेशविरुद्ध महान्यायाधिवक्ता कार्यालयले सर्वोच्चमा पुनरावलोकन निवेदन दिएको हो । एक नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले जिल्ला अदालतको पुर्पक्षमा थुनामा राख्ने आदेश उल्ट्याएको थियो ।

गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उच्च अदालतको आदेशअनुसार लामिछाने पुस २९ गते केन्द्रीय कारागर सुन्धाराबाट रिहा भएका थिए । उच्च अदालत पाटनका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको इजालसले २० लाख धरौटी बुझाएर थुनामुक्त गर्न आदेश दिएको थियो । लामिछाने ३ महिना ९ दिन कारागारमा बसेर थुनामुक्त भएका थिए ।

उच्च अदालतले लामिछानेलाई नेपाल बाहिर जान नमिल्ने र वाग्मती प्रदेश बाहिर जान पनि प्रहरीलाई जानकारी दिएर मात्र जान मिल्नेसहित अन्य शर्तहरु राख्दै धरौटीमा रिहा गर्ने आदेश गरेको थियो । महान्यायाधिवक्ता कार्यलयले उच्च अदालतको सो आदेश उल्टाई जिल्ला अदालतकै आदेश सदर गर्न माग गर्दै निवेदन दिएको गरेको हो ।

लामिछानेमाथि नाबालिग किशोरीलाई बलात्कार गरेको आरोपमा गत कात्तिक १४ मा काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो । लामिछाने गत असोज २० मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै प्रक्राउ परेका थिए ।

यो पनि पढ्नुहोस्

२० लाख धरौटी बुझाएर अन्तत: सन्दीप तीन महिनापछि रिहा

अदालतद्वारा सर्तसहित सन्दीपलाई रिहाईको आदेश, नत्र फेरि कारागार पठाइने (पूर्णपाठसहित)

आखिर अदालतले रिहा गर्ने आदेश दिएपनि आज किन छुटेनन् सन्दीप ?

अन्तत: रिहा हुने भए क्रिकेटर सन्दीप लामिछाने, तर विदेश जान रोक

क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !