१४ बैशाख २०८१, शुक्रबार

नेपाल क्रिकेट संघका कार्यवाहक सचिव मल्लले दिए राजीनामा


प्रशान्त विक्रम मल्ल

पोखरा । नेपाल क्रिकेट संघ (क्यान) का कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले राजीनामा दिएका छन् । मल्लले पोखरामा मंगलवार बसेको बोर्ड बैठकमा राजीनामा दिएका हुन् ।

यद्यपि उनको राजीनामा स्वीकृत हुन भने बाँकी रहेको क्यानका पदाधिकारीले बताएका छन् । नेपाल टी-२० लिगमा विवाद, म्याच फिक्सिङका विषयमा तीव्र आलोचना भएपछि मल्लले राजीनामा दिएको बुझिएको छ ।

२०७६ असोज ११ गते क्यानको निर्वाचनबाट उनी केन्द्रीय सदस्यमा नियुक्त भएका थिए । २०७८ असोजमा अशोकनाथ प्याकुरेलले सचिव पदबाट राजीनामा दिएपछि मल्ललाई कार्यवाहक सचिव बनाइएको थियो ।

मल्ल नेपाल टी–२० लिगमा गभर्निङ काउन्सिल अध्यक्षको भूमिकामा पनि थिए । एक वर्ष अघि कार्यवाहक सचिवको जिम्मेवारी पाएका मल्लले राजीनामा दिएसँगै क्यानका कार्यवाहक सचिवको जिम्मेवारी केन्द्रीय सदस्य दुर्गाराज पाठकले पाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !