५ जेष्ठ २०८१, शनिबार

नवौं राष्ट्रिय खेलकुदमा प्याराग्लाइडिङबाट खसेर आर्मीका खेलाडीको मृत्यु


प्याराग्लाइडिङ फाइल फोटो

काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी भएका नेपाली सेनाका खेलाडीको प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको छ । नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका २६ वर्षीय खेलाडी निसिम थापाको पोखरामा प्याराग्लाइडिङबाट खसेर मृत्यु भएको हो ।

आज बिहान पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको हो ।

थापाले सराङकोटबाट लगत्तै १०० मिटर माथिबाट उनी जमिनमा खसेका थिए । जमिनमा खसेर घाइते भएका थापाको उपचारको क्रममा मेट्रोसिटी अस्पतालमा मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !