६ जेष्ठ २०८१, आइतबार

सन्दीपलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति


सन्दीप लामिछाने पक्राउ

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

गत असोज २० गते बिहीबार पक्राउ परेका लामिछानेलाई प्रहरीले असोज २४ गते अदालतमा उपस्थित गराएर सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । अदालतमा सन्दीपमाथि अनुसन्धान चलिरहेको भन्दै प्रहरीले आज बिहीबार पुनः ७ दिन थुनामा राख्न अनुमति मागेपनि अदालतले ५ दिन मात्र दिएको हो ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका बेला उनीबिरुद्ध उजुरी परेको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

यो पनि पढ्नुहोस्

सन्दीपविरुद्ध उजुरी दिने युवतीको दुईवटा जन्मदर्ता, नाबालिग नभएको दाबी

सन्दीपलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !