२२ बैशाख २०८१, शनिबार

सन्दीपलाई ७ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंको अनुमति


सन्दीप लामिछाने पक्राउ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । यो म्याद उनी पक्राउ परेको मिति असोज २० गतेदेखि नै लागु हुनेछ ।

बलात्कार आरोपमा पक्राउ परेका लामिछानेलाई गत असोज २० गते बिहीबार प्रहरीले पक्राउ गरेको थियो । कतारको दोहाबाट बिहीबार बिहान ११ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

दशैंको बिदा परेकाले अदालत बन्द भएकाले आज मात्र उनलाई अदालतमा उपस्थित गराइएको हो । लामिछानेलाई म्याद थपका लागि आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।

एक १७ वर्षीया बालिकाले जबरजस्ती करणी गरेको भन्दै सन्दीपविरुद्ध बलात्कारको उजुरी दर्ता गरेकी थिइन् । जिल्ला अदालत, काठमाडौंले पक्राउ गर्न अनुमति दिएको थियो । क्यारेबियन लिग क्रिकेट खेल्न जमैकामा रहेका बेला उनीबिरुद्ध उजुरी परेको थियो ।

महानगरीय प्रहरी वृत्त गौशालामा परेको जाहेरीमा स्याङ्जा आरुचौर स्थायी घर भई हाल काठमाडौँको बूढानीलकण्ठ बस्ने सन्दीपले बालिकालाई यही भदौ ५ गते काठमाडौँ र भक्तपुरका विभिन्न स्थानमा घुमाएको र सोही दिनको राति काठमाडौँको एक होटलमा ल्याएर जबर्जस्ती करणी गरेको आरोप लागेको छ ।

यो पनि पढ्नुहोस्

पक्राउ परेपछि सन्दीपले भने- निर्दोष छु, अनुसन्धानमा सहयोग गर्छु

सन्दीप लामिछाने त्रिभुवन विमानस्थलबाटै पक्राउ


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !