२० बैशाख २०८१, बिहिबार

जिम्बावेविरुद्ध नेपालको सानदार जित


जिम्बावेविरुद्ध नेपालको सानदार जित

काठमाडौं । जिम्बावे एविरुद्ध टि-२० अभ्यास खेल अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आज भएको खेलमा जिम्बावेविरुद्ध अन्तिम तथा तेस्रो टी-२० खेलमा नेपाल विजयी भएको हो ।

टस हारेर ब्याटिङ्‌को निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रन जोडेको थियो । जितको लागि १३७ रनको विजयी पछ्याएको नेपालले १५.५ ओभरमा २ विकेट गुमाउँदै १३८ रन जोड्यो ।

ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङमा नेपालले तेस्रो टि-२० अभ्यास खेलमा जिम्बावे एमाथि ८ विकेटको सानदार जित हात पारेको हो । नेपालको जितमा ओपनर तथा विकेट किपर आसिफ शेख ५४ बलमा १३ चौका र १ छक्कासहित ८७ रनमा अविजित रहे ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !