१९ बैशाख २०८१, बुधबार

सर्वोच्चद्वारा सिलवालको रिट खारेज, घिसिङलाई राखेपमा काम गर्ने बाटो खुल्यो


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का तत्कालिन सदस्य सचिव रमेश सिलवालले दायर गरेको रिट खारेज गरिदिएको छ । आफूलाई राखेपको सदस्य सचिवबाट गैरकानुनी रूपमा बर्खास्त गरिएको भन्दै सिलवालले दायर गरेको रिट सर्वोच्च अदालतले आज खारेज गरेको हो ।

न्यायाधीश अनिल सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालले दिएको रिट खारेज गरेसँगै टंकलाल घिसिङलाई राखेपमा काम गर्ने बाटो खुलेको छ । तत्कालिन केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका सिलवाललाई वर्तमान देउवा नेतृत्वको सरकारले हटाएर घिसिङलाई सदस्य सचिव नियुक्त गरेको थियो ।

घिसिङलाई सदस्य सचिव नियुक्त गरेपछि सिलवाल अदालत पुगेका थिए । आज रिट खारेज भएसँगै सिलवाल राखेप फर्किने सिलवालको सपनामा तुषारापात भएको छ भने राखेपमा उनको बाटो तत्कालको लागि बन्द भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !