२६ बैशाख २०८१, बुधबार

सेनेगल फुटबल टिमलाई राष्ट्रपतिद्वारा भव्य स्वागत


सेनेगल फुटबल टिम

एजेन्सी । राष्ट्रपति म्याकी सलले अफ्रिकन कप अफ नेसन्स खेलेर फर्किएको सेनेगल फुटबल टोलीलाई देशमा भव्य स्वागत गरेका छन् ।

सेनेगलको राजधानी डकारमा दशौँ हजार समर्थक राष्ट्रिय झन्डा लिएर सडकमा ओर्लिएका थिए । उनीहरू कारमाथि चढेर नाचेका थिए । प्रशिक्षक एलिउ सिसेले टिमलाई राखिएको बसबाट ट्रफी उचाल्दा समर्थकहरू पनि खुसीले उफ्रिएका थिए । डकारको सडकमा आतिसबाजी गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !