२२ बैशाख २०८१, शनिबार

पिएसजीलाई फ्रेन्च लिगको उपाधि नजिक


psg

एजेन्सी, ४ वैशाख । पेरिस सेन्ट जर्मन (पिएसजी) ले आइतबार फ्रेन्च लिगको उपाधि नजिक पुगेको छ ।

यस जितपछि ३३ खेलमा ८७ अंक जोडेको पिएसजी शीर्ष स्थानमा यथावत् छ । जुन दोस्रो स्थानको मोनाकोभन्दा १७ अंक बढी हो ।

१५औं मिनेटमा जियोभानी लो सेल्सोले पिएसजीको खाता खोलेका थिए । त्यसको ४ मिनेटभित्र इड्सन काभानी र एन्जेल डी मारियाले गोल गर्दै पिएसजीको अग्रता ३–० मा पुर्याएका थिए । १७औं मिनेटमा काभानी र त्यसको दुई मिनेटपछि डी मारियाले गोल गरेका थिए।

२७औं मिनेटमा लो सेल्सोले व्यक्तिगत दोस्रो गोल गर्दै पिएसजीको अग्रता बढाएका थिए । मध्यान्तर हुन ७ मिनेट बाँकी हुँदा रोनी लोप्सले गरेको गोलमा मोनाकोले गोलअन्तर ४–१ मा झारेको थियो।

५८औं मिनेटमा डी मारियाले गोल गर्र्र्दै बढाएको पिएसजीको अग्रता त्यसको १८ मिनेटपछि मोनाकोका रडामेल फल्काओले गरेको आत्मघाती गोलमा पिएसजीको अग्रता ६–१ मा पुगेको थियो।

खेल सकिन ४ मिनेट बाँकी हुँदा युलियान ड्राक्सलरले गरेको गोलमा पिएसजीले सानदार जित पक्का गरेको थियो।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !