१९ बैशाख २०८१, बुधबार

क्यानलाई कारबाहीको निर्णय फिर्ता गर्न ४ क्रिकेट खेलाडीको आग्रह


४ क्रिकेट खेलाडी

काठमाडौँ । नेपाल क्रिकेट संघ क्यानको कारबाहीमा परेका ४ जना खेलाडीले निर्णय पुनर्विचार गर्न क्यानसँग आग्रह गरेका छन् । पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीले आज पत्रकार सम्मेलन गर्दै क्यानले गरेको कारबाही पुनर्विचार गर्न आग्रह गरेका हुन ।

४ खेलाडीले क्यानलाई तत्काल संवाद अघि बढाउन आग्रह गरेका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण आउन सक्ने बताएका छन् । उनीहरुले आफूहरूमाथि गरिएको कारबाहीमा पुनर्विचार भएपछि मात्र खेल्नेबारे निर्णय लिने बताएका छन् ।

पूर्व कप्तान मल्लले आफुहरु संवादका लागि तयार रहेको भन्दै क्यानले निर्णय पुनर्विचार गर्न पटक पटक आग्रह गरेका हुन् । यस्तै मल्लले राष्ट्रिय टिमभित्र आफुले गुट बनाएको आरोप निराधार रहेको बताउँदै बर्गिकरणको विषयलाई उठाउँदै यति कारबाही नहुनु पर्ने बताए ।

आफूहरुलाई जिम्मेवारीबाट हटाउनुको साथै ६ महिनासम्म सेन्ट्रल कन्ट्रयाकमा नराख्ने जस्ता कारबाही गरिएको समाचारले निकै दु:खी बनाएको बताएका छन् । क्यानको निर्णयले क्रिकेटमा भविष्य खोजिरहेका खेलाडीले ब्याट र बल छाड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था नआओस भन्दै क्यानसँग अपिल गरेका हुन ।

गत बुधबार नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका कप्तान मल्ललाई पदमुक्त गरेको थियो भने नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ । क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरेको थियो।

अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय पनि भएको थियो ।

यो पनि पढ्नुहोस्

क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल बर्खास्त, नयाँ कप्तान सन्दीप लामिछाने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !