२ जेष्ठ २०८१, बुधबार

क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ल बर्खास्त, नयाँ कप्तान सन्दीप लामिछाने


ज्ञानेन्द्र मल्ल र सन्दीप लामिछाने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई पदमुक्त गरेको छ भने नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले कप्तानबाट मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरिलाई पदमुक्त गर्ने निर्णय गरेको हो ।

अनुशासन उल्लंघन गरेको सम्बन्धमा गठन भएको छानबिन समितिको सिफारिसका आधारमा मल्ल, ऐरि, सोमपाल कामी र कमल सिंह ऐरिलाई २०२२ को सेन्ट्रल कन्ट्रयाक्टमा शुरुको ६ महिनाका लागि सहभागी नगराउने निर्णय पनि भएको छ ।

यस्तो छ क्यानले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ क्यानले निकालेको प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !