२३ बैशाख २०८१, आइतबार

इङ्ल्यान्डको लक्ष्य संकटमा


Ingland ko lakchya

एजेन्सी, २० चैत । जिल्यान्डका ओपनर टम लाथम र जित रावलले सोमबार सम्हालिएको ब्याटिङ गरेपछि दोस्रो टेस्टमा जित हात पार्दै शृंखला बराबरी गर्ने इङ्ल्यान्डको लक्ष्य संकटमा परेको छ ।

खराब प्रकाशका कारण निर्धारितभन्दा २४ ओभरअघि चौथो दिनको खेल सकिँदा न्युजिल्यान्ड बिनाक्षति ४२ रनमा खेलिरहेको छ । लाथम अविजित २५ र रावल अविजित १७ रनमा खेलिरहेका छन् ।

इङ्ल्यान्डले प्रस्तुत गरेको ३ सय ८२ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड अझै ३ सय ४० रनले पछि छ ।

२३ रनमा खेल्दा जेम्स एन्डरसनको बलमा जेम्स भिन्सेले क्याच जोड्दा जीवनदान पाएका लाथमले ७९ बलमा ३ चौका प्रहार गर्दा ५९ बल सामना गरेका रावलले २ चौका प्रहार गरे।

यसअघि २०२–३ वाट चौथो दिनको खेल सुरु गरेको इङ्ल्यान्डले थप १ सय ५० रन जोड्दै ३५२–९ मा दोस्रो इनिङ समाप्तिको घोषणा गरेको थियो ।

तेस्रो दिनको समाप्तिमा अविजित ३० रनमा खेलिरहेका जो रुट र अविजित १९ रनमा खेलिरहेका डेभिड मालन दुवैले अर्धशतक प्रहार गर्दै इङ्ल्यान्डको इनिङ सम्हालेका थिए ।

रुट र मालनले चौथो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए । १ सय २८ बल खेलेका रुटले ४ चौका प्रहार गर्दा १ सय ५ बल सामना गरेका मालनले ७ चौका प्रहार गरे ।

रुटलाई निल वाग्नरले विकेटकिपर विजे वाटलिङबाट क्याच गराउँदा मालनलाई कोलिन डी ग्रान्डहोमले हेनरिक निकोजालबाट क्याच गराएका थिए ।

त्यस्तै विकेटकिपर जोनी बेयरस्टोले ३६ रनको योगदान गरे । ५४ बल खेलेका बेयरस्टोले वाग्नरको बलमा निकोलाजबाट क्याच हुनअघि ५ चौका प्रहार गरे ।

न्युजिल्यान्डका डी ग्रान्डहोमले ९४ रन खर्चंदै ४ तथा वाग्नर र ट्रेन्ट बोल्टले क्रमशः ५१ र ८९ रन खर्चंदै समान २ विकेट लिए । दुई टेस्टको शृंखलामा न्युजिल्यान्ड १–० ले अघि छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !