११ जेष्ठ २०८१, शुक्रबार

स्पोर्टिङ क्लबलाई १–० ले पराजित गर्दै संकटा क्लब विजयी


१९ चैत, मोरङ । अफ्रिकन खेलाडी धिरेल तारेले अतिरिक्त समयमा गरेको गोलमा संकटा क्लबले आइतबार विराट गोल्ड कपमा केलकाताको मोहमदन स्पोर्टिङ क्लबलाई १–० ले पराजित गरेको छ ।

सहिद रंगशालामा शनिबार सम्पन्न खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त अतिरिक्त समयको १३औं मिनेटमा ग्याब्रियलले पेनाल्टी बक्सबाहिरवाट गरेको प्रहारले पोस्टको दिशा लिएको थियो । उक्त गोल नै संकटाको अघिल्लो चरण प्रवेशका लागि पर्याप्त बन्यो ।

‘टोलीमा तालमेल अभाव देखिए पनि अन्तत सुखद नतिजा हात पार्दै अघिल्लो चरणमा प्रवेश गर्न सफल भयौं,’ संकटाका प्रशिक्षक सल्यान खड्गीले भने, ‘खेल अवधिभर बल नियन्त्रणमा लिँदै गोलको अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न नसक्दा नतिजाका लागि अतिरिक्त समयको सहारा लिनुपर्यो ।

आगामी खेलमा थप सुदृढ प्रदर्शन गर्नेमा विश्वस्त छाैं।’ ‘उत्कृष्ट प्रदर्शन गर्दै खेल अतिरिक्त समयसम्म लगे पनि केही मिनेट सम्हालिन नसक्दा नतिजा सुम्पन बाध्य भयाैं,’ मोहमदनका प्रशिक्षक अनन्त घोषले भने, ‘पहिलो हाफको खेल ५०–५० थियो । दोस्रो हाफमा संकटा पूर्ण रूपमा हाबी भयो ।’

खेलमा संकटाका सरोज दाहालले म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा सोमबार आयोजक मोरङ–११ र झापा–११ वीच प्रतिस्पर्धा हुनेछ ।

विराट गोल्ड कप प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा भारत, भुटान र नेपालका गरी १० टोलीले सहभागिता जनाएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !