३ असार २०८१, आइतबार

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


रामचन्द्र पौडेल र प्रधानमन्त्री प्रचण्ड फाइल फोटो

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान राष्ट्रपति भवन शीतलनिवासमा भेटवार्ता भएको छ ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले संसद्मा जारी गतिरोधबारे जिज्ञासा राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले संसद्मा जारी गतिरोध अन्त्यका लागि आफू क्रियाशील रहेको जानकारी दिएका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !