चेन्नाइले कोलकातालाई हराउँदै चौथो पटक जित्यो आईपीएलको उपाधि Nepalpatra चेन्नाइले कोलकातालाई हराउँदै चौथो पटक जित्यो आईपीएलको उपाधि
११ मंसिर २०७८, शनिबार

चेन्नाइले कोलकातालाई हराउँदै चौथो पटक जित्यो आईपीएलको उपाधि


आईपीएल–२०२१ को उपाधि चेन्नई सुपर किंग्स

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा २ पटकको च्याम्पियन कोलकातालाई २७ रनले हराउँदै चेन्नाइ चौथो पटक च्याम्पियन बनेको हो ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भएको हो भने पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ ।

पहिले ब्याटिङ गरेको चेन्नईले कोलकातालाई १९३ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा निर्धारित २० ओभरमा कोलकाताले १६५ रन मात्र बनाउन सक्यो । चेन्नईले ओपनिङ ब्याट्सम्यान फाफ डू प्लेसीको ८६ रनको योगदानमा १९२ रन बनाएको हो । त्यस्तै कोलकाताका लागि शुभमन गिलले ५१ र वेकंटेश अय्यरले ५० रन बनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !