७ बैशाख २०८१, शुक्रबार

चेन्नाइले कोलकातालाई हराउँदै चौथो पटक जित्यो आईपीएलको उपाधि


आईपीएल–२०२१ को उपाधि चेन्नई सुपर किंग्स

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)–२०२१ को उपाधि कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किंग्सले जितेको छ । गएराति दुबईमा भएको फाइनल खेलमा २ पटकको च्याम्पियन कोलकातालाई २७ रनले हराउँदै चेन्नाइ चौथो पटक च्याम्पियन बनेको हो ।

महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नाइ सुपर किंग्सले आईपीएलको चौथो पटक उपाधि जित्न सफल भएको हो भने पाँच पटक उपाधि जितेको रेकर्ड मुम्बई इण्डियन्ससँग छ ।

पहिले ब्याटिङ गरेको चेन्नईले कोलकातालाई १९३ रनको विजयी लक्ष्य दिएको थियो । जवाफमा निर्धारित २० ओभरमा कोलकाताले १६५ रन मात्र बनाउन सक्यो । चेन्नईले ओपनिङ ब्याट्सम्यान फाफ डू प्लेसीको ८६ रनको योगदानमा १९२ रन बनाएको हो । त्यस्तै कोलकाताका लागि शुभमन गिलले ५१ र वेकंटेश अय्यरले ५० रन बनाए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !