१६ जेष्ठ २०८१, बुधबार

पोर्चुगल नेदरल्याण्डससँग ३-० ले पराजित


ronaldo-main

१३ चैत, काठमाण्डौ । विश्वकप फुटबल अघिको मैत्रीपूर्ण खेलमा नेदरल्याण्डले पोर्चुगललाई ३–० ले पराजित गरेको छ ।

सोमबार राति जेनेभामा सम्पन्न खेलमा नेदरल्याण्डका लागि ११ औं मिनेटमा मेम्फिस डिपेइले, ३२ औं मिनेटमा रायन बाबेल र पहिलो हाफको इन्जुरी समयमा भर्जील भान डिजेकल गोल गरेका थिए । पहिलो हाफमा नै तीन गोल गरेको नेदरल्याण्डले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

खेलको ६१ औं मिनेटमा काभाको क्यान्सिलो दोहोरो पहेलो कार्ड पाउदै मैदान बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएको थियो ।

अघिल्लो खेलमा इजिप्टविरुद्ध इन्जुरी समयमा २ गोल गर्दै टोलीलाई जिताएका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले यो खेलमा भने कुनै चमत्कारी खेल देखाउन सकेनन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !