८ बैशाख २०८१, शनिबार

नेपाली क्रिकेट टिमका पूर्व प्रशिक्षकबाट ह्वाटमोर भारत बरोडाको मूख्य प्रशिक्षक नियुक्त


डेभ वाट्मोर

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षकवाट राजीनामा दिएका डेभ ह्वाटमोरले भारतको बरोडा क्रिकेट एसोसिएसनको प्रमुख प्रशिक्षक तथा क्रिकेट निर्देशक नियुक्त भएका छन् ।

पारिवारिक कारण देखाएर नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका पूर्व अस्ट्रेलियन क्रिकेटर ह्वाटमोरले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान) लाई राजीनामा बुझाएका थिए ।

वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका ह्वाटमोरले उतैवाट राजीनामा दिएका थिए । क्यानले खुल्ला प्रतिस्पर्धाबाट ह्वाटमोरलाई राष्ट्रिय टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानसंग एक वर्षको सम्झौता गरेका उनले ८ महिना नबित्दै राष्ट्रिय टिमबाट बाहिरिने निर्णय गरेका थिए । ह्वाटमोरले निजी कारणले राजीनामा दिएका थिए ।

यसै महिना ओमानमा सम्पन्न आईसीसी विश्वकप लिग-२ अन्तर्गतको नेपाल, ओमान र अमेरिका बीचको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअघि नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षकबाट राजिनामा दिएका थिए ।

यस्तै उनले २०१० मा कोलकाता नाइट राइडर्सको प्रशिक्षण सम्हालेका थिए। उनले पाकिस्तान, बंगलादेश र जिम्बाब्वेको प्रशिक्षण गरिसकेका छन् भने भारतीय यु-१९ टिमको समेत प्रशिक्षक रहेका थिए । श्रीलंकामा जन्मिएर अस्ट्रेलियामा हुर्किएका वाटमोर अस्ट्रेलियाका पूर्व क्रिकेटर हुन् ।

यो पनि पढ्नुहोस्

किन राजीनामा दिन बाध्य हुन्छन् फुटबल र क्रिकेट टिमका मुख्य प्रशिक्षकहरु ?

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

अब्दुल्ला अल्मुताइरीद्वारा फुटबल टिम प्रशिक्षकवाट बाहिरिने संकेत

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीद्वारा राजीनामा घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !