९ कार्तिक २०७७, आईतवार

भरतपुरबाट रङ्गशालाका लागि डेढ करोड



रेनु दाहाल

चितवन, २ कात्तिक । गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई भरतपुर महानगरपालिकाले रु एक करोड ५० लाख प्रदान गरेको छ । महानगरपालिका प्रमुख रेनु दाहालले फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक आज हस्तान्तरण गर्नुभयो ।

महानगरपालिकाले आन्तरिक स्रोतबाट विनियोजित रु चार करोडमध्ये पहिलो चरणमा रु ५० लाख र दोस्रो चरणमा रु एक करोड ५० लाख प्रदान गरेको हो । महानगर प्रमुख दाहालले रङ्गशाला कोरोना कहरका बीचमा पनि तीव्र गतिमा अगाडि बढिरहेको बताउँदै निर्माण प्रगतिका आधारमा विनियोजितमध्येको रकम थप्दै लगिने जानकारी दिनुभयो ।

फाउण्डेशनका अध्यक्ष धुर्मुसले रकम ग्रहण गर्दै अन्य रकमका बारेमा आवश्यक समन्वय र सहजीकरण गरिदिन समेत आग्रह गर्नुभयो । रङ्गशाला भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माण भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ, २३ असोज । नेपाली लेग स्पिनर सन्दीप लामिछाने लङ्का प्रिमियर लिग (एलपीएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्नुभएको छ

बागलुङ, १७ असोज । व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ । शुक्रबारदेखि प्रशिक्षण शुरु

एजेन्सी, असोज १६ । बायर्न म्युनिकका ३२ वर्षीय स्ट्राइकर रोबर्ट लेवनडोस्की सन् २०१९-२० सिजनको युरोपेली फुटबल महासंघको वर्ष खेलाडी घोषित

एजेन्सी, असोज १६ । ४२ औँ मिनेटमा क्लेमेन्ट लेङ्गलेट दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएर