२० बैशाख २०८१, बिहिबार

ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स फाइनलमा


एभरेष्ट प्रिमियर लिग

१३ पुस, काठमाडौँ l कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको एभरेष्ट प्रिमियर लिग (इपीएल)को दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै भैरहवा ग्लाडिएटर्स फाइनलमा प्रवेश गरेको छ। बिहीबार भएको दोस्रो क्वालिफायरमा ललितपुर प्याट्रिओट्सलाई ३ विकेटले पराजित गर्दै फाइनल पुगेको हो। भैरहवाले अब फाइनलमा विराटनगर वारियर्ससँग शनिबार खेल्नेछ।

अन्तिम ओभरमा रोहित पौडेलले २ छक्कासहित १३ रन प्रहार गर्दै ३ बल अगावै जित दिलाए, भैरहवा ग्लाडिएटर्सलाई जितका लागि अन्तिम ओभरमा १३ रनको नै आवश्यक थियो। बुधवार भएको खेलमा विराटनगर यसअघि पहिलो क्वालिफायरमा भैरहवालाई नै पराजित गर्दै विराटनगर वारियर्स फाइनलमा पुगिसकेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको ललितपुर प्याट्रिओट्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३२ रन बनाएको थियो। ललितपुरका लागि जयकिसन कोल्सावालाले सर्वाधिक ४२ रन बनाए। यसैगरी सन्नी पटेलले २४, दिपेश भण्डारीले २२ ताथ कप्तान ज्ञानेन्द्र मल्लले २० रन जोडे। सोनु तामाङ १० रनमा नटआउट रहे। जवाफमा, १३३ रनको लक्ष्य लिएर मैदानमा उत्रेको भैरहवा ग्लाडिएटर्सले १९.३ ओभरमा ७ विकेट गुमाएर पूरा गर्योह। भैरहवाका लागि प्रथम सालुन्केले सर्वाधिक ३२ रन बनाए। यस्तै विजयी रन प्रहार गरेका रोहति पौडेलले १७ बलमा १ चौका र २ छक्काको मद्दतमा नटआउट २८ रन बनाए। यस्तै भुपेन्द्र थापाले १९ तथा पुनित मेहराले १६ रनको योगदान गरे।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !