१८ बैशाख २०८१, मंगलबार

(इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा आजवाट प्लेअफका खेलहरु शुरु


एभरेष्ट प्रिमियर लिग

१२ पुस, काठमाडौँ l कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) टी– २० क्रिकेट प्रतियोगितामा आजबाट प्लेअफका खेलहरु सुरु हुँदैछन्, प्रतियोगितामा अंक तालिकाको शीर्ष ४ मा रहेका टोलीबीच प्लेअफ खेल हुन लागेको हो । लिग चरणमा भएका सबै ५ खेलमा विजयी विराटनगर वारियर्सले र ५ मध्ये ४ मा विजयी दोस्रो स्थानको भैरहवा ग्लाडीएटर्ससँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । विराटनगरको कप्तानीमा पारस खड्का र भैरहवाको कप्तानीमा शरद भेषावकरको रहेका छन् ।

विराटनगर र भैरहवाको खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानमा रहेका ज्ञानेन्द्र मल्लको ललितपुर प्याट्रिएट्स र शक्ति गौचनको पोखरा राईनोजबीच आजै दिउँसो १२:४५ मा हुने खेलको विजेतासँग दोस्रो क्वालिफायर खेल्ने मौका पाउनेछ । सो खेलमा विजयी टोली फाईनलमा प्रवेश गर्नेछ ।
इपीएलमा यसअघिनै काठमाडौ किङ्स ११ र चितवन टाइगर्स भने समुह चरणबाटै बाहिरिसकेका छन् । इपीएलमा यसपल्ट विराटनगरले उत्कृष्ट प्रदर्शन गर्दै सबै खेलमा विजयी भयो ।

प्रतियोगितामा अहिलेसम्म सर्वाधिक रन बनाउने २ खेलाडी पनि विराटनगरकै छन । जसमा बाबर हायतले अहिलेसम्म २४० र अंशुमान रथले २०४ रन बनाएका छन । त्यस्तै पोखरा राइनोजका इस्ररुल्लाहले १७१, पोखराकै सुनिल धमलाले १६९ र ललितपुरका जयकिशन कोल्सावालाले १५७ रन बनाएका छन।

त्यसैगरी धेरै विकेट लिने बलर पनि विराटनगरकै बसन्त रेग्मी हुन । उनले अहिले सम्म ११ विकेट लिसकेका छन् । त्यस्तै चितवनका प्रमेश गुप्ताले १०, भैरहवाका दीपेश श्रेष्ठ र पोखराका इस्ररुल्लाहले समान ९/९ र भैरहवाकै शरद भेषावकरले ८ विकेट लिएका छन ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !