१३ जेष्ठ २०८१, आइतबार

इपीएलमा यस्तो छ आजसम्मको समिक्षा : आज लिग चरणका अन्तिम दुई खेल हुदै


एभरेष्ट प्रिमियर लिग

११ पुस, काठमाडौँ l एभरेष्ट प्रिमियर लिग इपीएल मा आज लिग चरणका अन्तिम दुई खेल हुँदैछ। आज कीर्तिपुरस्थित टीयू मैदानमा चितवन र भैरहवाबीच पहिलो खेल हुनेछ भने दोस्रो खेलमा पोखरा र ललितपुर भिड्नेछन्, जसबाट दोस्रो चरण पुग्ने बाँकी दुई टिमको छिनोफानो हुनेछ र त्यसको होडमा छन् ४ टिम। सहभागि ६ टिम मध्ये २ टिमले प्लेअफ चरणमा स्थान बनाइसकेका छन्।

भैरहवा ४ खेलबाट ६ अंक जोड्दै प्लेअफमा पुगिसकेको छ त्यस्तै, विराटनगर ५ खेलबाट १० अंक जोड्दै क्वालिफायर्का लागि छनोट भइसकसको छ।

चितवन विरुद्ध जितले भैरहवा शीर्ष दुई स्थानमा पुग्नेछ र फाइनलका लागि विराटनगरसँग पहिलो क्वालिफायर्स खेल्न पाउनेछ। तर चितवन विजयी भएमा भने चितवनको प्लेअफ सम्भावना बढ्नेछ। ४ खेलमा १ खेल मात्र जितेको चितवन २ अंकका साथ अंक तालिकाको पूछारमा छ।
यस्तै पोखराले शीर्ष दुईमा स्थान बनाउने हो भने पहिलो खेलमा भैरहवा ठूलो अन्तरमा हार्नुपर्नेछ र आफुले पनि ललितपुरलाई ठूलो अन्तरमा हराउनुपर्नेछ। कप्तान शक्ति यसमा सकरात्मक थिए, सामान्य जितले पनि पोखरा सजिलै प्लेअफमा पुग्नेछ।

यता पहिलो खेलमा काठमाडौंलाई हराउँदै शानदार सुरुवात गरेको ललिततपुरले त्यसयता खेलेका ३ वटै खेल हार्यो। अब प्लेअफका लागि ललितपुरले पनि जित्नै पर्नेछ, यदी ललितपुर र चितवन ठूलो अन्तरले पराजित हुने हो भने काठमाडौंले मौका पाउनेछ। ५ वटै खेल खेलिसकेको काठमाडौ २ अंकका साथ पाँचौ स्थानमा छ। उसले प्लेअफमा स्थान बनाउन दुवै टोली हार्नुपर्नेछ।

मंगलबारको दुवै खेलपछि शीर्ष चारमा स्थानमा रहने टिम र प्लेअफमा कसले कोसँग खेल्ने टुङ्गो लाग्नेछ। विराटनगर ५ खेलबाट १० अंक जोड्दै क्वालिफायर्का लागि छनोट भइसकसको छ। उसले एक खेल जिते फाइनल पुग्नेछ। यस्तै तेस्रो र चौथो हुनेले एलिमिनेटर खेल्नेछ। त्यसको विजेताले पहिलो क्वालिफायर्सको पराजित टोलीसँग दोस्रो क्वालिफायर्स खेल्नेछ र फाइनल प्रवेश गर्नेछ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !