१४ बैशाख २०८१, शुक्रबार

भारतमा पब्जी प्रतिबन्धित भएपछि ‘फौजी’ ल्याउने तयारी


फौजी

काठमाडौँ, भदौ २१ । भारतमा चर्चित गेम पब्जीको प्रतिबन्धपछि नयाँ गेम ल्याउने तयारी भइरहेको छ । भारतमा पब्जी गेम बन्द भएपछि लाखौ युवाहरूले सरकारको आलोचना गरिरहेको बेला भारत सरकारले पब्जीलगायत चिनिँया एपहरूमाथि प्रतिबन्ध लगाएपछि पब्जीजस्तै ‘फौजी’ गेम ल्याउने तयारी भएको छ ।

बलिउड अभिनेता अक्षय कुमारले ट्वीटरमार्फत् ‘फौजी’ (फियरलेस एन्ड युनाइटेड गार्डस्) गेम चाँडै सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिएका हुन् । फौजी गेम प्रयोगकर्ताहरूले यसबाट सैनिकहरूले दिने बलिदानबारे पनि जानकारी दिइने अक्षय कुमारको भनाइ छ ।

इन्कोर गेम्सले निर्माण गरेको यस गेमबाट उठेको २० प्रतिशत राजश्व भारतको वीर ट्रस्टकलाई दिने अक्षयले ट्वीटरमामार्फत् जानकारी दिएका छन् । ‘पब्जी’ को भारतीय संस्करण मानिएको ‘फौजी’ गेम अक्टोबरको अन्त्यमा रिलिज गरिने बताइएको छ ।

यस गेमको बारेमा इन्कोर गेम्सले एक्सन गेमको बारेमा अझै विवरणहरू खुलाएको छैन । भारतको साइबरस्पेसको सुरक्षा र सार्वभौमिकता सुनिश्चित गर्ने अभिप्रायले भारत सरकारले पब्जी, विच्याट, टिकटक लगायत अहिलेसम्म दुई सय २४ एपहरू प्रतिबन्धित गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !