१४ बैशाख २०८१, शुक्रबार

गृहमन्त्री थापा राहत सामग्री लिएर सिन्धुपाल्चोकतर्फ प्रस्थान


राम बहादुर थापा

काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदीका पहिरो पीडितका लागि राहत सामग्री लिएर सिन्धुपाल्चोक प्रस्थान गरेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट गृहमन्त्री थापासँगै पीडित परिवारका लागि राहत लिएर गृहसचिव महेश्वर न्यौपाने पनि सिन्धुपाल्चोकतर्फ लागेको गृह मन्त्रालय स्रोतले जनाएको छ ।

शुक्रबार बिहान गएको पहिरोमा परी ३८ जना बेपत्ता भएका थिए भने ३७ घर पुरिएको थियो । बेपत्ता सबैको पहिचान खुलेको छ । यस्तै पहिरोमा परी ५ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक स्रोतका अनुसार पहिरोमा परी अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !