१४ बैशाख २०८१, शुक्रबार

सिरहामा बिपन्न परिवारले राहत नपाएपछि वडा कार्यालयमा तालाबन्दी


महेश सिंह
महेश सिंह

सिरहा २७ जेठ । बिश्व माहामारीको रूपमा फैलिदै गरेको कोरोना भाईरसबाट जोगिन नेपाल सरकारले देशब्यापी रूपमा लकडाउन घोषणा गरेको छ । जेठ ११ गतेदेखि नेपाल लकडाउन भएको छ । लकडाउन भएको ३ महिना हुन लाग्यो लकडाउनको मारमा परेका दैनिक मजदुर तथा भुमिहिन सुकुम्बासीहरु मारमा परेका छ्न ।

रोजगारी गुमाएका बिपन्न परिवारले राहत नपाए पछि बरयारपटि गाउँ पालिका २ जानकिनगरका युवाहरूका एक समुहले भ्रष्टाचार विरुद्धको अवाज उठाउने युवा संघका अध्यक्ष अजय कुमार राय, कोषाध्यक्ष दिनेश कुमार मुखिया, उपाध्यक्ष पशुपति यादव सचिब अनिल कुमार राय लगायतका युवाहरूले बिपन्न परिवारले राहत नपाएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

राहतको विषय लिएर पटक पटक अध्यक्ष संग बैठक बसे पनि वास्ता नगरेको स्थानीयको आरोप रहेको छ । उक्त वडामा करिब १२ सय घर धुरी रहेको संस्थाका सल्लाहकार डाक्टर सागिर अन्सारीले बताउनु भयो । पदेश सरकारको योजना अनुसार प्रत्येक वडा कार्यालयमा ५८ जना प्रति घर धुरीलाई राहत उपलब्ध गराउने प्रदेश सरकारको निरदेसन रहेको छ । पूर्ण रूपमा दलित र बिपन्न समुदायमा राहत न पाएको स्थानीयको आरोप छ । केहि दलित बस्तीमा मात्र राहत पाएको निरोज कुमार यादवले जानकारी दिनुभयो ।

वडा नम्बर २ मा ५७२ घर धुरीमध्ये ५३६ घर धुरीलाई प्रति घरधुरी २५ किलो चामल, ३ किलो दाल, २ पिस लुगाधुने साबुन, २ पिस नुहाउने साबुन, २ पोका नुन, २ किलो चिनी प्रति घरधुरीलाई बाडेको अध्यक्ष बिजय कुमार महतोले दाबी गरेका हुन् । बाँकी ३६ धुरीलाई १५ किलो चामल,२ किलो दाल, १ किलो चिनी, २ पिस लुगाधुने साबुन, १ पिस नुहाउने साबुन बाँडेको समाजसेवी ईन्द्र जित कुमार ठाकुरले बताए । वडाभित्र हावा हुरिले धेरैको घर भत्काएको छ् तर अध्यक्ष महतोले कुनै वास्ता नगरेको पीडित दिनेश कुमार मुखियाको गुनासो छ । यता क्वाइरेन्टाइन समेत ब्यबस्थित नरहेको देखिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !