२५ बैशाख २०८१, मंगलबार

पर्यटनमन्त्री भट्टराईले फुङलिङ आगलागीबाट धनमाल गुमाएकाहरुलाई पुनस्थापनाका लागि पहल गर्ने


योगेशकुमार भट्टराई

वैशाख २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङको आगलागीबाट धनमाल गुमाएकाहरुलाई पुनस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले सो कुराको जानकारी गराएका हुन् ।

प्रेस विज्ञप्तिमा भनिएको छ, ”हिजो २०७७ साल वैशाख १९ गते राति ताप्लेजुङ जिल्ला सदरमुकाम फुङलिङ बजारको माथिल्लो क्षेत्र ट्याक्सी काउन्टर लाइनमा भएको आगलागीबाट सातवटा व्यक्तिगत घरहरु पूर्णरुपमा क्षति हुनुका साथै सोही स्थानमा रहेका अन्य थुप्रै व्यवसायिक पसलहरु, संघ संस्थाका कार्यालयहरुमा ठूलो मात्रामा भौतिक संरचना तथा धनमालको क्षति हुन पुगेको छ ।”

उक्त आगलागीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आगलागी नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जनप्रतिनिधिहरु र स्थानीय समुदायबाट भएको पहलले थप क्षति हुनबाट जोगिएकोमा उहाँहरुको उक्त कार्यको प्रशंसा गर्दछु पनि उक्त विज्ञप्ति भनिएको छ ।

आगलागीबाट धनमाल गुमाउनु भएका जिल्लावासी दिदीबहिनी, दाजुभाइहरुप्रति सहानुभूुति व्यक्त गर्दछु साथै तत्काल उद्धार र राहतको प्रवन्ध मिलाउन स्थानीय प्रशासन र स्थानीय तहलाई हार्दिक अनुरोध गर्दै सरकारको तर्फवाट प्रदान गरिने पुनस्थापनाका लागि आफ्नो तर्फवाट आवश्यक पहल गर्ने जानकारी उनले गराएका छन् ।

योगेश भट्टराई प्रेस विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !