२१ बैशाख २०८१, शुक्रबार

ठूलाले सानालाई हेप्ने परम्पराको हुनुपर्छ अन्त्य


ठूलाले सानालाई हेप्ने परम्परा
डा. राम बहादुर बोहरा
डा. राम बहादुर बोहरा

ठूलाले सानालाई हेप्ने परम्पराको हुनुपर्छ अन्त्य । एकादेशमा एउटा देशले अजीङ्गको भालु एक्लै जंगलमा छोडि दिएछन् । यो देखेपछि केहि ले त्यो भन्दा पनि ठूलो भालु त्यो जंगलमा छोड्ने प्रयास गरेछन् । यो देखेपछि त्यो पहिलो भालु छोड्नेलाई रिस उठेछ ।

म भन्दा ठूलो हुन खोजेको भन्दै एउटा यस्तो किटाणु जसको कुनै औषधि नै बनाउन नसक्ने खालको रोग बनाएर उपचार नहुने गरी त्यो जंगलमा छोडिदिएछ । भालु बनाउदै जंगल पसाल्दै गर्दा सवै भालु मर्दा रहेछन् ।

यो सिलसिला चल्दै गएछ । थुप्रै भालुको मृत्यु हुन थालेपछि यो अति नै खतरनाक खालको उपचार हुनै नसक्ने खालको रोग रहेछ । प्रतिसोधको रूपमा पठाएको यो किटाणु देखेर यसको उपचारको खोज गर्न थालेछन् । यसरि पशु धेरै मर्न थालेपछि यसको राम्रो खोप बनाउने तयारीमा जुटेछन् । अन्तमा खोप बनाउन सफल भएछन् ।

यहाँ हामीले बुझ्नुपर्ने कुरा के छ भने शत्रु जतिसुकै बलियो भएपनि कहि न कहि उसले पनि गल्ती गरेको हुनसक्छ । ढिलो चाडो त्यसको बिरोधमा एउटा निकास निस्कन्छ । हामीले अरू अघि बढेको देखेर आफु अघि बढ्न सकेनौं भने जीवनमा कहिलै सफल हुन सक्ने छैनौं भन्ने हामीलाई लागेको छ ।

कुनै पनि ठूलाले आफुभन्दा ठूलो कोही भएमा आफ्नो इज्जत कम हुने अंकलनले गलत माथि गलत गर्दै गएको हुन्छ । उसले के पाप, के धर्म केहि सोचेको हुदैन । आज ठूलाले जे गरेपनि हुने जस्ता काम दिन प्रतिदिन बढ्दै गएको छ । शक्तिको दुरुपयोग भएको छ । ठूलोले सानोलाई हेप्दै गरेको छ ।

ठूलोले जे गरेपनि केहि हुदैन तर सानाले गरेमा कानुन लाग्ने यो प्रथाको अन्त जबसम्म हुदैन तबसम्म कानुनको खेलवाड गर्दै जाने गरेको हुन्छ । हामीले राम्रो काम गर्दै जादा कसैले गलत भन्दै जानु आफैमा गलत देखिएको छ ।

विकासका गति पकड्न थालेका अल्प विकसित राष्ट्रलाई अन्य विकसित राष्ट्रले सहयोगको नाममा पैसा दिएर आफ्नो पकड मजबुत पार्ने जस्ता काम गरेको देखिनुलाई हिन भावनाको सिकार बनाउन खोजेको प्रष्ट देखिन्छ । सहयोग लिनु भनेको राम्रो पक्कै हुदैन यस्ले परनिर्भरमा राख्न सक्छ भन्ने हामीलाई लागेको छ ।

यो पनि पढनुहोस्

राजा नागरिक भए तर नेता भए राजा जस्ता

परिवर्तन त भएकै छ, कसले भन्दैछ भएन परिवर्तन

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेकका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !