२५ बैशाख २०८१, मंगलबार

पाल्पाली सेवा समाज दोहा कतारद्वारा विपन्न परिवारका विद्यार्थीलाई सहयोग


Nepalpatra

३० वैशाख, पाल्पा । कुनसरे आधारभूत विद्यालय तानसेन नगरपालिका–६ कुनसरेमा पढ्ने विपन्न समुदायका विद्यार्थीलाई पुस्तक तथा झोला वितरण गरिएको छ । पाल्पाली सेवा समाज दोहा कतारले विद्यालयमा अध्ययनरत १८ जना विद्यार्थीलाई अंग्रेजी माध्यमको पुस्तक र झोला वितरण गरेको हो ।

विद्यालयसँग समन्वय गरेर इन्सेक जिल्ला प्रतिनिधि यज्ञमूर्ति तिमिल्सिनाले पाल्पाली सेवा समाज दोहा कतारमा सम्पर्क गरी सहयोगका लागि अनुरोध गरेपछि १८ विद्यार्थीलाई पुस्तक खरीदका लागि नगद २५ हजार, १८ विद्यार्थीलाई झोला र चार जना विद्यार्थीलाई पोशाकसमेत उपलब्ध गराइएको छ । अंग्रेजी माध्यमको पुस्तक खरीदका लागि अभिभावलाई निकै समस्या परेको थियो ।

ज्येष्ठ नागरिकलाई सम्मान

पूर्वखोला गाउँपालिका–५ बिरकोट पाल्पाका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ । यहाँका ४६ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो ।

ज्येष्ठ नागरिक समाजका पाहुना भएकाले उनीहरुलाई जीवनको अन्तिम समयसम्म पनि सधैँ खुशीका साथ बाँच्न हौसला प्रदान गर्ने उद्देश्यले नगद प्रदान गरी सम्मान गरिएको सीमा श्रेष्ठले जानकारी दिए । आफूहरुलाई सम्मान गरेपछि यहाँका ज्येष्ठ नागरिक खुशी भएका छन् ।(रासस)


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !