२१ बैशाख २०८१, शुक्रबार

एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष लामाको विवाह आज


nabina lama

१३ वैशाख, काठमाण्डौ । एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामा बिहीबार विवाह बन्धनमा बाँधिदै छिन् । नवीनाले अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठसँग लगनगाँठो कस्न लागेकी हुन् ।

लामाको विवाहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिका रूपमा उपस्थित हुने भएका छन् । आर्मी अफिसर्स क्लबमा हुने विवाहको सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले नै गरेको छ ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष महेश बर्तौलाले विवाहको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिँदै अतिथि सत्कार, खानाको व्यवस्थापन र स्वयंसेवक परिचालनका लागि छुट्टै कमिटी गठन गरिएको जानकारी दिए । विवाह समारोहमा तीन हजार मानिस उपस्थित हुने जनाइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !