२२ बैशाख २०८१, शनिबार

मानवताको खोजी


Humanity theme
Amrit kumar shrestha
अमृत कुमार श्रेष्ठ

हो,

म त्यहि भिडमा थिएँ ,

जहाँ,

बेसुरका गीतहरू गुञ्जीरहेका थिए

जहाँ,

बेतालका मादल बजिरहेका थिए

जहाँ,

मानिस कछुवा जस्तै घिस्रिरहेका थिए

जहाँ,

चेलीहरू आफ्नै इज्जत बेच्न भौतारिरहेका थिए

जहाँ,

सहारा गुमाएका र गुमाइएका मानिसहरू थिए

जहाँ कटौरामा आशुको ब्यापार चल्दै थियो

सबै आशातित मलिन मुद्रामा थिए

सबैको गुहार एउटै थियो,  समस्या एउटै थियो

अनि म,

त्यो भिडमा अन्जान बनी सधैंजसो सोचिँरहने गर्छु

अमुल्य ती आँशुको मुल किन सस्तैमा सुकिरहेको छ??

अमुल्य त्यो यौवन, सस्तैमा किन रित्तिरहेका छ??

सायद,

सबैको आफ्नै बाध्यता त होला,

म पनि त निर्द्रयी बन्न विविश थिएँ ,

म मानवताको हत्या गरी मलामी बन्न विवश थिएँ ,

तर म खोज्दै थिएँ ,

(होमो सेपियन्स सेपियन्स) भित्र को मानवता

तर म जाँच्दै थिएँ,

कतै म ढुङ्गे युगमा त आई पुगिँन ??

फेरि गलत हुन्छन् मेरा आशङ्काहरू

किनकि ,

अखबारमा छापिन्छन् मानवतादी खबरहरू

किनकि,

पैसामुखी खोक्रो मानवता देखाउन प्रखर भएका धैरै छन्

कोहि धर्म कमाउने आशमा सहयोग गर्दै छन्

कोही कर्म बनाउने आशामा सहयोग गर्दै छन्

कोहि चर्चा कमाउने आशामा सहयोग गर्दै छन्

त्यसैले ,

ईश्वरसँग प्रार्थना गरिरहनछु , सच्चा मानव खोजिदेऊ

सच्चा मानवता दर्साईदेऊ

तर,

मेरो उद्देश्य हरेक भिडमा पुग्दा फेरिन्छन्

मानवको दानव ब्यवहार देखेर आशा मेटिन्छन्

किनकि

हरेक पटक यो मनले सच्चा मानव खोजिरहन्छ

सच्चा मानवता खोजिरहन्छ ।

#जय_मानवता


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !