१४ बैशाख २०८१, शुक्रबार

गैरसरकारी संस्थाद्वारा २५ क्वीन्टल खाद्यान्न सहयोग


चामल

मार्तडी, १६ असार । मानवीय सेवामा अनेकौ प्रयास नामक गैरसरकारी संस्थाले आपत्कालीन सहयोग कार्यक्रम अन्तर्गत बुढीगंगा नगरपालिकालाई २५ क्वीन्टल खाद्यान्न सहयोग गरेका छ । कोभिड–१९ को जोखिमका समयमा खाद्यन्न समस्या आउन नदिन नगरपालिकालाई सहयोग गरेको सो संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिनुभयो ।

स्वास्थ्य शिक्षा र सरसफाई लगायतका क्षेत्रका काम गर्दै आएको सो सस्थाले सोमबार नगर प्रमुख दीपक विक्रम शाहलाइ ती खाद्य सामग्री हस्तान्तरण गरेको हो । सो अवसरमा नगरप्रमुख शाहले कोरोना नियत्रण गर्न सामूहिक प्रयासको खाँचो औल्याउनुभयो ।

सुदूरपश्चिम प्रदेशका विकट तथा पहाडी जिल्लामा उक्त संस्थाले विद्यालयमा छात्रालाई सेनेटरी प्याड,शैक्षिक सामग्री, कम्प्युटर लगायतका सामग्री सहयोग गर्दै आइरहेको छ । क्वारेन्टिनमा रहेका नागरिकहरुलाई खाना खुवाउन गरी उक्त खाद्यान्न सहयोग गरिएको बताइएको छ । नगरपलिकाका दश वटै वडाका क्वारेन्टिन निर्माण गरिएको छ । ती क्वारेन्टिमा एक सय ५९ जना आइसोलेसनमा बसेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !