१२ श्रावण २०८१, शनिबार

गर्भ नरहनुका अन्य विभिन्न कारण भएपनि केही कारण यस्ता छन्


pregnant

बदलिंदो समय र व्यस्त जीवन शैलीबीच एक समस्या समाजमा बढ्दै गएको देखिन्छ , त्यो हो फर्टिलिटीको समस्या । यसको कारणले अहिले धेरै परिवारमा तनाव उत्पन्न हुँदै गएको देखिन्छ । गर्भाधारण नहुनुमा धेरै कारण हुन सक्छ । प्रायः यस्तो मानिन्छ कि विवाह भएको एक वर्ष भित्रमा यदि गर्भाधारण भएन भने श्रीमान् या श्रीमतीमा फर्टिलिटिको समस्या हुन सक्छ । तर आजकल कयौं कारणले मानिसहरू सन्तानको जिम्मेवारी छिटै उठाउन चाहँदैनन् । यसैले आजकल गर्भ निरोधक साधन प्रयोग गरी आफ्नो अनुकुल नभए सम्म सन्तानको चाहना नराख्ने चलन चलेको छ । यस्तो गर्नु कुनै गलत काम पनि हैन ।

गर्भाधारण नहुने कारणहरू

गर्भधारण नहुने धेरै कारण हुन सक्छ । यदि इनफर्टिलिटिको कारण पुरुष हो भने पुरुषमा यो समस्या आवश्यकता भन्दा कम शुक्राणुको निर्माणसँग जोडिएको हुन्छ । र अर्को कारण यो पनि हुन सक्छ कि पुरुषमा शुक्राणु आवश्यक मात्रामा त निर्माण हुन्छ तर यो महिलाको डिम्बसम्म पुग्न सक्तैन । महिलामा हुने मासिक चक्रमा हुने गडबडी पनि इनफर्टिलिटिको कारण हुनसक्छ । यसमा हुने गडबडीको कारण महिलामा आवश्यक डिम्बको निर्माण हुँदैन । यसको निर्माण प्रक्रियामा पनि गडबडी हुन सक्छ । जो महिला थाइराइडको समस्याबाट पीडित छिन् या भैसकेकी छिन् यी महिलामा पनि इनफर्टिलिटिको समस्या आउने सम्भावना हुन्छ ।

गर्भाधारण नहुने समस्या गर्भाशय र फेलोपियन ट्युवसँग पनि जोडिएको हुन्छ । यो ठाउँमा कुनै प्रकारले हुने हानीको कारण पनि गर्भाधान हुन मुश्किल हुन्छ । विना चिकित्सकको सल्लाहले प्रयोग गरिएका केही औषधीको कारण पनि महिला या पुरुषको शरीरमा प्रतिकूल असर पर्न जान्छ, जसको कारणले पनि फर्टिलिटिमा समस्या आउँछ ।

मदीराको सेवन पनि गर्भाधारणमा समस्या देखिने कारण हो । महिलाको उमेर पनि गर्भाधारण नहुने समस्या हुन सक्छ । यस्तो पनि मानिन्छ कि ३० वर्षको उमेर कटेपछि महिलामा गर्भाधारण गर्ने शक्ति कम या नहुन पनि सक्छ । यो समस्या अझै गम्भीर हुन सक्छ यदि महिलाको उमेर ३५ वर्ष कटेको छ भने । तनाव र खानपानको कारणले पनि यो समस्या आउन सक्छ त्यसैले हामीले एकपटक हाम्रो जीवनशैलीलाई पनि विश्लेषण गर्नु जरूरी हुन्छ । गर्भवती हुनको लागि सही समयमा सहवास हुन पनि जरूरी छ । यदि ओभ्यूलेसनको समयमा सहवास भएन भने पनि गर्भाधारण हुँदैन । यदि डिप्रेसनको औषधी लिइरहनु भएको छ भने पनि गर्भाधारण हुनमा समस्या आउँछ त्यसैले यो अवस्थामा तपाईं आफ्नो डक्टरसँग सल्लाह लिन सक्नुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !