७ बैशाख २०८१, शुक्रबार

यौन स्वास्थ्य र घरेलु औषधि


यौन स्वास्थ्य

यौन स्वास्थ्यका कुरा गर्दा आजकाल कतिपयले गलत जस्तो महसुस गर्नु हुन्छ । तर यो आवस्यकता भित्र नै पर्दछ । पारिवारिक सुखको उपभोग गर्न हरेक व्यक्तिले यौन स्वास्थ्यबारे राम्रो अधियनको खाँचो भएको हुन सक्छ । शीघ्र पतनको समस्या प्राय: हरेक घरहरूमा देखिन थालेको छ ।

पारिवारिक सुख उपभोग गर्न जति खानाको आवस्यक छ त्योभन्दा बढी यौन सुख प्राप्त गर्न हुन सक्छ । यो एउटा मनोवैज्ञानिक पाठ अन्तर्गत पर्दछ । प्रेमको पछाडि यौन स्वास्थ्यको महत्वपूर्ण भूमिका छ । विवाहपूर्ण यौनबारे त्यति जिज्ञासा राखेको पाइदैन ।

हाम्रो क्लिनिकमा यस्ता समस्या लिएर आउने गरेका थुप्रै केसहरू छन् । यहाँलाई शिघ्र पतन छ चाँडो झर्नु हुन्छ भन्दै गर्दा उसको मनमा हिनभावना जाग्नु स्वभाविक हो । आजकाल सहि तरिकाले घरेलु उपचारबाट पनि हामीले यसको उपचार गर्न सक्छौ । गलत उपचारको चक्करमा जीवन बरबाद गर्न सक्छौं ।

यस्ता समस्या देखिएमा घरमै बसेर उपचार गर्न सकिन्छ । मैले विगत लामो समयदेखि यस विषयमा प्रकाश पार्ने जमर्को गर्दै आएको छु । आज यसै कुरालाई ध्यानमा राखेर (Home Remedies for Premature Ejaculation) को जानकारी पस्कन गइरहेको छु । हरेक पाठकले यस्ता विषय जसका कारण सिङ्गो परिवार दु:खी हुनबाट बचाउने छ ।

शिघ्रपतन पुरूषमा हुने एक प्रकारको समस्या हो । यसमा यौन सम्पर्क हुने समयपूर्व (Orgasm) भन्दा पहिले Sperm निकल्ने गर्दछ । यसले लाईफमा आफूलाई ठूलो रोग लागेको जस्तो महसुस हुन थाल्दछ । यदि (Intercaurse) गरेको ६० सेकेन्ड भित्र (Sperm out) हुन्छ भने त्यसलाई शिघ्रपतन भन्दछन् । यस्तो हुनुको पछाडि सेक्स हर्मोन जस्तै टेस्टेरोन हार्मोन सक्रिय नहुनुलाई मान्न सकिन्छ ।

जब जब मानसिक तनाव बढ्दछ तब-तब यो हर्मोन बन्ने प्रक्रिया रोकिन थाल्दछ । यसको असर सोझै मानव स्वास्थ्यमा पर्न थाल्दछ । आउनुस् आजको लेखमा राम्रो जानकारी प्राप्त गर्ने प्रयत्न गरौं । आजकाल मानिसहरु मानसिक तनावका कारण यस प्रकारका रोगमा फस्दै गएका छन् ।

यस्तो समस्या देखिनुको अन्य कारणहरूमा शरीरमा हुने यौन हर्मोन्स (Testerone Harmone) को असामान्य (Imbalance) हुनाले पनि यो समस्या निम्तने हुन सक्छ । पिसाब थैली मूत्रमार्ग (Urinary Bladder) या प्रोस्टेट ग्रन्थि (Prostate Gland) मा संक्रमण (Infection) हुनाले पनि यस्तो समस्याका कारणले पनि हुने गर्दछ ।

शिघ्रपतन हुनुको अर्को कारण ज्यादा अल्को हल बियरको सेवन गर्नु या लागुऔषधको लतमा पर्नु । धुम्रपान, एन्टीबायोटिक औषधिको सेवन बढी गर्नु पिज्जा, बर्गर, पेस्ट्री, कोल्डड्रिंक आदि ज्यादा खानुको कारणले पनि शिघ्रपतन हुने गर्दछ ।

शिघ्र पतनको उपचार

१.यो सवै समस्या हल गर्ने आयुर्वेदिक औषधि अशोगन्धा (Ashwagandha) पाउडर या क्याप्सुल दिनमा २ पटक एक चमच या १ देखि २ क्याप्सुल दूधसंग दिनाले यो समस्या हल हुन थाल्नेछ ।

२. सेतो मूसलीको क्यापसुल या पाउडर दूधसंग दिनमा २ पटक १ देखि २ क्यापसुल सेवन गर्नाले निको हुन्छ ।

३.शिलाजीत क्याप्सुल २ वटा दिनमा २ पटक दुधसंग खाने ।

४. टेन्टेक्स फोर्ट ट्याबलेट १ देखि २ टेब्लेट दैनिक खानाले राम्रो फाइदा गर्दछ ।

५. सुत्नु भन्दा एक घण्टा अगाडि मनमन्थ रसको एक एक गोली नियमित सेवन गर्नाले यो समस्या हल हुन्छ ।

नोट : शिघ्र पतनका रोगीले आफूलाई खुसी राख्ने र खानामा पौष्टिक खाना फलफूल समावेश गरेमा आफै ठिक हुन्छ । हामीले सामनलाई जति युज गर्छौं त्यति राम्रो हुदै जान थाल्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !