६ बैशाख २०८१, बिहिबार

सेक्स किन आवश्यक छ ?


सेक्स

मानिसको यौन व्यवहार उसको स्वास्थ्यसँग जोडिएको हुन्छ । नियमित यौन क्रियाकलापमा सामेल भएको व्यक्ति र हुन नपाएको व्यक्ति बीचको व्यवहारमा निकै फरक हुन्छ किनकी यौन सम्पर्क स्वास्थ्यको दर्पण पनि हो । यौन सम्पर्कलाई इन्कार गर्नु आफ्नै स्वास्थ्यसँग खेलवाड गर्नु भएको चिकित्सकहरु बताउँछन् ।

नियमित सेक्स नगर्ने व्यक्तिमा देखिन सक्छ यस्ता स्वास्थ्य समस्या :

१. तनाव

नियमित यौनसम्पर्क गर्न छोडेपछि देखिने पहिलो समस्या भनेको तनाव हो । यस्तो अवस्थामा सानो सानो कुराले पनि तनाव दिने विशेषज्ञहरुले बताएका छन् । एक अध्ययनले देखाए अनुसार जो व्यक्ति यौनसम्पर्कबाट टाढा रहन्छ त्यसले कुनै पनि सामान्य समस्या हल गर्न सक्दैन किनभने यौनसम्पर्क गर्दा एडोर्फीन हर्मोन अर्थात आनन्द दिने हर्मोन निस्कासन हुन्छ जसले तनावलाई नियन्त्रण गर्न मद्धत गर्छ ।

२. डिप्रेशन

नियमित यौनसम्पर्क नहुँदा पुरुषको साथ साथै महिलाहरुमा पनि डिप्रेशन देखिन्छ । ‘आर्काइव्स सेक्चुअल विहेवियर’को जर्नलमा प्रकाशित अध्ययन अनुसार मेलाटोलिन, सेरोटोनीन र अक्सिटोसिन जस्ता हर्मोनहरु पुरुषको बीर्यमा रहन्छ जो यौनसम्पर्क गर्दा महिलामा पुग्छ र महिलाको मुड बनाउन मद्धत गर्छ ।

३. रिसाहापन बढने

व्यस्तताका कारण यदि कुनै जोडिले यौन सम्पर्कका लागि समय निकाल्न पाएनन भने महिला वा पुरुष दुवैमा एक खालको रिस पैदा हुन्छ र यसले दुईबीच दरार पैदा हुनसक्छ ।

४. यौन दुर्वलता

मियमित यौनसम्पर्क नगर्ने व्यक्तिमा यौन दुर्वलता पनि देखिन सक्छ । सातामा कम्तीमा दुई पटक सेक्स गर्ने व्यक्तिमा नगर्नेको तुलनामा इरेक्टाईल डिस्फङसन (यौन दुर्वलता) कम देखिएको एक अध्ययनको निश्कर्ष छ किनभने यौनसम्पर्क पटक पटक गर्दा पेनाइल मसल्सको मजबुत हुन्छ ।

उपचार

यस्तो समस्या देखिएमा महिलाको लागि या पुरूषको लागी आयुर्वेदिक औषधि योग्य वैद्य कविराज र डाक्टरको रेख देख उपचार गराउनुस ठिक हुन्छ । यो समस्या हुने हरूलाई उत्यजना बढाउने औषधि भन्दा भिटामिन्स दिनु राम्रो हुनेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !