१३ बैशाख २०८१, बिहिबार

एन्टी मुलेरियन हार्मोन (एएमएच) को कारणले पनि बाँझोपन हुन सक्छ ?


बाँझोपन

आज कतिपय महिलाहरूको शरीरमा हार्मोन लेवल बिग्रनाले पनि बाझोपन हुन सक्छ । एउटा स्वस्थ बच्चा जन्माउनको लागी शरीरमा हार्मोन सन्तुलित हुन आवश्यक छ । यस्तो हुनुको पछाडि खानपान रहन सहनको गल्तीले पनि यस्तो समस्या निम्तन सक्छ ।

एन्टी मुलेरियन हार्मोन (एएमएच) महिलाको शरीरमा पाइने आवश्यक हर्मोन हो । यो हर्मोनको कमिले पनि महिलाहरूमा बाझोपनको समस्या देखिन सक्छ । गर्भ रहनको लागी हरेक महिलाको शरीरमा हर्मोन आवश्यक हुन्छ । अधिकांश महिलाको गर्भ नरहनुमा यो हर्मोनको कमीलाई लिन सकिन्छ ।

यो हर्मोन विशेषगरी अण्डासय (ओवेरियन) मा बन्ने गर्दछ । यदि यसको उपस्थित यहाँ नभएमा या कम भएमा बाझोपन हुन सक्ने हुन्छ । हार्मोन सानो विकसित फॉलिकल्सको माध्यमबाट बन्दछ । कहिले काही यसको स्तरमा कमी भए महिला बाझोपनको सिकार हुने गर्दछन् ।

हरेक महिला एक बर्ष सम्मसंगै श्रीमानसंग बस्दा पनि यदि गर्भ रहेको छैन भने त्यस्ता महिलाले सवैभन्दा पहिले यो हर्मोन चेक गराउनुपर्छ । यस्तो अवस्थामा यो हर्मोनको उपचार गराउनुपर्छ । यो हर्मोनको घडबट हुनुमा उमेरको पनि ठूलो हात हुन्छ । यो हर्मोन खासगरी २० देखि २५ को उमेरसम्म सक्रिय हुने गर्दछ ।

४०/४५ बर्षपछि मिनुपोजको समस्या निम्तने हुनाले समय छदै आफ्नो शरीरमा यो हर्मोनको उपस्थित भए नभएको पत्ता लगाउन सके गर्भधारणको समस्या हल हुन सक्नेछ । यो हर्मोनको कमी हुनुमा अस्वस्थकर खानपानले पनि समस्या निम्ताउन सक्छ । यो हर्मोन कम हुनुमा अर्को कारण मानसिक टेन्सनलाई पनि लिएको छ ।

हामीले खाने खानामा सागसब्जी र मौसमी फलफूलको साथै अंकुरित दाल र क्याल्सियम आयरनको कमी पुरा गराउने खालका तत्वको कमी पुरा गर्नासाथ यो हर्मोन बढ्न थाल्नेछ । आएरन र क्यालसियम पुरा गर्न पालक र दूधको सेवन गर्नाले अवश्य पुरा हुनेछ ।

गर्भधारणको समयमा एएमएचको साथै एफएसएच एस्ट्रोडिल प्रमुख जाच अन्तर्गत पर्दछन् । जसको माध्यमबाट गर्भाशयको स्थितिको जानकारी प्राप्त हुनुको साथै गर्भस्थ शिशुको विकासको समेत जानकारी हामीलाई मिल्न थाल्नेछ । यसको माध्यमबाट हामीलाई उपचार गर्न समेत सघाउ पुग्नेछ ।

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !