१३ बैशाख २०८१, बिहिबार

यदि आफ्नो पार्टनरसँग सधैँ झगडा भइरहन्छ भने यी विधि अपनाउदा उचित


जीवनसाथीबीचको सम्बन्धमा खटपट भइरहने उदाहरणहरु समाजमा धेरै भेटिन्छन् । जसको कारण धेरैको सम्बन्धविच्छेद समेत भएको छ । कहिलेकाहीँ सम्बन्धलाई राम्रो बनाउने प्रयास गर्दागर्दै पनि नमिलिरहेको हुन्छ । त्यसको पछाडि वास्तु नमिलेको हुनसक्ने बताइन्छ । वास्तुशास्त्रको अनुसार के के गर्दा सम्बन्धमा न्यायोपन बढ्छ त ?

  • लको नजिकै बिस्तारा लगाउनु हुँदैन ।
  • कहिल्यै पनि झ्याल छोएर बिस्तारा राख्नुहुँदैन । यस्तो गर्दा सम्बन्धमा तनाव पैदा हुन्छ ।
  • यदि झ्यालको नजिक ओछ्यान राख्नै पर्ने भए सिरानी र झ्यालको बीचमा पर्दा हाल्न सकिन्छ जसले नकारात्मक उर्जा सम्बन्धमा हाबी हुन दिदैँन ।
  • घरमा दिनदिनै घ्यूको दिप बाल्नुपर्छ । जसले सम्बन्धमा सकारात्मक उर्जा दिन्छ ।
  • बलेको दियोलाई पूर्व वा दक्षिणतिर फर्काएर राख्नुपर्छ ।
  • यदि सही दिशामा दियो बाल्नुभयो भने तपाइको सम्बन्धमा मधुरता ल्याउन मद्दत मिल्छ ।
  • प्रत्येक शुक्रबार पञ्चमुखी दियो ‘बेड रुम’ मा बाल्ने गर्नुस् ।-एजेन्सीको सहयोगमा 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !