१८ मंसिर २०८१, मंगलबार

महिलामा देखिने यौन समस्याका प्रमुख कारण र समाधानका उपायहरु


यौन समस्या

युवा, मध्यम आयु तथा वर्गको लगभग एक तिहाई महिला र तथा बढ्दो उमेरको आधाभन्दा बढि महिलाहरु यौन समस्याबाट पिडित रहेको विज्ञहरुको अनुमान छ । महिलाहरुमा अन्य स्वास्थ्य समस्या तथा मानसिक समस्याले पनि यौन समस्या देखिने गर्छ । महिलामा देखिने साझा यौन समस्याहरु यौन इच्छा वा उत्तेजना नहुनु, चरमसुख प्राप्त गर्न नसक्नु, सम्भोगको समयमा वा सम्भोगपछि पिडा हुनु जस्ता आदि । व्यक्तिमा यौन समस्या देखिनु पछाडि विविध कारणहरु रहेका हुन्छन् । कुनै समस्या साधारण एवम् शारीरिक समस्याका कारण देखा पर्छ भने कतिपय समस्याहरु गम्भीर चिकित्सा समस्या, मानसिक एवम् भावनात्मक समस्याका कारण पनि देखा पर्दछ । तीमध्ये केहि कारणहरु यहाँ प्रस्तुत गरिएको छ । थकान, मधुमेह, हृदयरोग, मिर्गाैला सम्बन्धि रोगजस्ता गम्भीर रोग, क्यान्सर, रक्त प्रवाहको विकार, हार्माेनको गडबडि वा असन्तुलन र नशाजन्य मदिरा वा धुम्रपानको लत ।

समाधानका उपाय : यौन समस्याको मुल्यांकन एवम् समाधान; चिकित्सक रुपमा समस्याको कारण पहिचान गर्न सकेको खण्डमा मात्रै सम्भव रहन्छ । कतिपय समस्याको कारण पहिचान गर्न सकेमा मात्रै पनि आधाजति समस्या स्वतः हल गर्न सकिने विज्ञहरु बताउँछन् । यौन समस्यालाई बेवास्ता गर्दा यसले कालान्तारमा शरीरमा गम्भीर समस्या ल्याउनुका साथै दम्पत्तीबीच मनमुटाव समेत पैदा गर्दछ । तसर्थ कुनै पनि यौन समस्यालाई सामान्य नठान्न चिकित्सकहरुले सुझाउँदै आएका छन् । यसबाहेक यौन समस्या समाधानका कुनै पनि घरेलु उपाय अपनाउनु अघि चिकित्सकसँग अनिवार्य रुपमा सुझाब लिनु पर्ने हुन्छ । यस्तै आफुमा यौन समस्या परेर उपचार एवम् परीक्षणको लागि उपचार जादै हुनुहुन्छ भने यदि तपाईमा स्वास्थ्य सम्बन्धि अन्य कुनै प्रकारको समस्या छ वा औषधी प्रयोग गर्दै हुनुहुन्छ भने त्यो कुरा खुलस्त रुपमा चिकित्सकलाई बताउनु पर्दछ । -एजेन्सी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !