२४ बैशाख २०८१, सोमबार

ब्याक्टेरियाबारे जान्नुपर्ने तथ्यहरु


Bacterial culture

-राम ठकुरी

सुक्ष्म जिव ब्याक्टेरिया (Bacteria) भन्ने सब्द सुन्ने बितिकै यहाँहरुप्रती नकारात्मक भाव आउने गरेको हुन सक्छ। ब्याक्टेरिया यस्तो सुक्ष्म जिव हो जुन जिवित प्राणिको लागी जती हानिकारक छ ,त्यो भन्दा कयो गुणा आवश्यक पनि छ ।

 ब्याक्टेरियाको हानिकार पक्ष

ब्याक्टेरियाहरु विविन्न प्रकारका हुन्छ्न। केहि ब्याक्टेरियाहरुले हम्रो शरिरको विविन्न भित्री र बाहिरी अङहरुमा संक्रमण गरी शरिरको नास गर्दछ र क्रमिक रुपमा यो फैलिएमा रोग जिर्ण हुन गइ बिरामिको मृत्यु समेत हुने गर्द्छ । उदाहरणको लागी टाइफाइड (typhoid) रोग साल्मोनेला टाइफी (Salmonella typhi) नामक ब्याक्टेरियाको संक्रमणले हुने गर्दछ र समयमै उपचार नभएमा यो रोगले बिकराल रुप पनि लिन सक्छ ।

bacteria

ब्याक्टेरियाको उपयोगी पक्ष्य

संसारमा भएका सम्पूर्ण जिवजन्तु र बनस्पतीहरुको अस्तित्व ब्याक्टेरिया बिना असम्भव छ। मरेको जिवहरु ( बनस्पती र जनावर ) को शरिर लाई कुहाउने गर्ने काम ब्याक्टेरियाले नै गर्दछ । मृत जिवको शरिरलाई कुहाउदा सो शरिरमा भएको जटिल योगिकहरुलाई साधारण यौगिकमा रुपान्तारण गर्दछ। जुन साधारण यौगिकहरुलाई बनस्पतीले सोसेर लिन्छन र विकसित हुन्छन । तिनै बनस्पनीमा सम्पूर्ण जनावरहरु प्रत्यक्ष र अप्रत्यक्ष्य रुपमा आशृत हुन्छन।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !