४ बैशाख २०८१, मंगलबार

गर्मी याममा किन बढी आगलागी हुन्छ ?


भीषण आगलागी फाइल फोटो

काठमाडौँ । आगलागी हुनुको प्रमुख कारण लापर्वाही नै हो । तापक्रम बढ्दै जानु र हावाहुरीले पनि आगलागी हुन सहयोग पुग्छ । तराई गर्मी र सुक्खा क्षेत्र भएकाले यहाँ आगलागीका घटना पनि बढी भएको पाइन्छ । जेठ हावाहुरी चल्ने महिना पनि हो ।

आगो आफैँमा संवेदनशील पदार्थ हो । हावाहुरीले आगोलाई सहजै एक ठाउँबाट अर्के ठाउँमा पुर्याइदिन्छ । आगो प्रयोग गर्न अनिवार्य भए पनि त्यसको सुरक्षामा विशेष ख्याल गरिएन भने आगोले ठूलो क्षति पुर्याउन बेर लगाउँदैन । आगलागीका घटना हरेक वर्षजसो दोहरिरहेका हुन्छन् ।

आगलागीका घटना किन हुन्छन् ? भन्दा कारण पनि फरकफरक आउँछन् । आगोजन्य वस्तु सुरक्षित राख्न, नियन्त्रण गर्न नसक्नु नै प्रमुख कारण हो । सलाई, लाइटर, सल्काइएको चुरोट र चुल्होको आगो व्यवस्थापन गर्न सकेनौँ भने कुनै पनि बेला आगो लाग्न सक्छ ।

आगोकै कारण ठूला दुर्घटना निम्तिन सक्छन् । आगलागीकै कारण ठूलो जनधनको क्षति हुन सक्छ । सलाई, लाइटर सुरक्षित नराख्दा बालबालिकाको हातबाट पनि आगलागी भएको पाइन्छ । यस्तै सलाई कोरेर, चुरोट ननिभाइकन जहाँतहीँ फालिँदा पनि आगो फैलिन सक्छ ।

यस्तै खाना पकाइसकेपछि राम्ररी आगो ननिभाउँदा पनि हावाले आगो अन्यत्रै पुर्याएर पनि आगो लाग्नसक्छ । बाँकेमा अधिकांश आगलागीका घटना बघौडा क्षेत्र (नरैनापुर) मा नै भएको पाइन्छ । सुख्खा क्षेत्र भएको र फुसका छाना भएका (घर) कारण पनि आगलागी त्यहाँ बढी भएको हुनु पर्दछ ।

त्यसमाथि अधिकांश गरिब, अशिक्षित व्यक्तिको बसोबास भएका कारण पनि आगलागी नियन्त्रणको पूर्वतयारीबारे सचेत छैनन् । गर्मी मौसममा हुने अप्रत्यासित आगलागी घटनाले बघौडावासी जहीले पनि आक्रान्त भइरहेका हुन्छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !