७ बैशाख २०८१, शुक्रबार

बैज्ञानिक धारणा अनुसार जनै लगाउनुका फाइदाहरू


जनै

हिन्दूका सोह्र संस्कारमध्ये एक ब्रतवन्ध गर्दा बैदिक मन्त्रका साथ गुरूले जनै पहिराइदिने प्रचलन रहेको छ । हिन्दूहरूले बायाँ काँधबाट छड्के पारी दायाँ हातमुनी खोकिलासम्म पहिरिने सेतो सुती धागोबाट बनेको पवित्र धार्मिक डोरीलाई जनै भनिन्छ ।

हिन्दु परम्परामा व्रतबन्ध गर्ने विधान छ । धार्मिक शास्त्र अनुसार, मनमस्तिष्क र चित्त शुद्धिका लागि व्रतबन्ध गरिन्छ । शरीरमा रहेका सूक्ष्म बिन्दुहरूमा स्पर्श गर्दै नाभीसम्म जाने कपासको सूत्र धारण गर्न हवन, यज्ञ, मन्त्रपाठ आदि गरी ब्राह्मणले जनै लगाइदिन्छन् ।

जनैले शरीरमा रहेका मुटुको बाहिरी बिन्दु, फोक्सोको बाहिरी बिन्दु र नाभीको बाहिरी भागलाई स्पर्श गर्छ । शरीरलाई ऊर्जाशक्ति र रक्तसञ्चारलाई निरन्तरता दिन व्रतबन्धका दिन जनै लगाउन थालिएको हो । शास्त्रअनुसार, जनै लगाउँदा आयु, तेज र बल प्राप्त हुने मान्यता छ ।

परापूर्वकालमा चलिआएका परम्परा जसको वैज्ञानिक कारण पनि हुने गर्दछन् । यस्तै  यसका नियमहरू पालना गर्नाले तपाई पनि निरोगी बन्न सक्नुहुनेछ । अब आउनुहोस् यो धारण गर्दाका फाइदाहरू के के हुन् त्यस सम्बन्धमा विस्तृत जानकारी हासिल गरौ ।

१.  हृदय रोग तथा ब्लडप्रेसरबाट बचाउ

शोधानुसार मेडिकल साइन्सले पनि के पत्ता लगाएको छ भने जनै धारणहरूलाई हृदय रोग र ब्लडप्रेसरको आशंका अन्य मानिसहरूको तुलनामा कम हुन्छ । जनैले शरीरमा रक्त प्रवाहलाई पनि नियन्त्रण गर्न मद्दत गर्दछ । चिकित्सकका अनुसार जनै हृदय हुँद्रे तलतिर धारण गरिने हुनाले यसले हृदय रोगको सम्भावना कम गर्दछ किनभने यसले रक्त सञ्चार सुचारू रूपबाट सञ्चालित गर्न सहयोग पुर्याउँछ ।

२. कब्जियतबाट छुटकारा  

जनैलाई कानमाथि कसेर बाँध्ने नियम छ । यसो गर्नाले कान हुँदै गुज्रिने ती नसामाथि पनि दबाव पर्दछ, जसको संबंध सोझै आन्द्रासँग हुन्छ । यी नसामा दबाव पर्नाले कब्जियत हुँदैन । पेट सफा भयो भने शरीर र मन दुबै स्वस्थ हुन्छ ।

३. किड्नीको सुरक्षा

जनै धारण गरेसँगै बसेर नै जलपान गर्नुपर्छ अर्थात् उभिएर पानी खानु हुँदैन । यसरी नै बसेर नै मूत्र त्याग गर्नुपर्ने भन्ने नियम पाइन्छ । यी दुइटा नियमहरूको पालन गर्नाले किड्नीमा प्रेसर पर्दैन । यो धारण गर्दा यी दुबै नियमहरू अनिवार्य हुन्छन् ।

४.  घुर्ने बानीको अन्त्य  

जनै धारण गर्ने मानिसको घुर्ने सम्भावना अत्यन्त कम हुन्छ किनभने जनै लगाउने मानिसले लघुशंका अर्थात् पिसाब फेर्दा दाह्रा किटेर फेर्नुपर्छ । यसो तात्पर्य के हो भने मल मूत्र त्याग गर्ने बेलामा दाह्रा किटेर गर्ने मानिसको घुर्ने काम गर्दैन ।

५. जीवाणु-कीटाणुबाट बचावट

जुन मानिस जनै धारण गर्दछ र यससँग जोडिएका नियमहरू पालन गर्दछ उक्त मानिस मल,मूत्र त्याग गर्ने बेलमा आफ्नो मुख बन्द गर्छन् । यसो गर्नाले मानिसहरू फोहोर स्थानमा पाइने जीवाणु र कीटाणुहरूको प्रकोपबाट सजिलै बच्न सक्छन् ।

६. स्मरण शक्ति‍को रक्षा

कानमाथि प्रत्येक दिन यो राख्ने र कस्ने गर्नाले स्मरण शक्तिको क्षय हुँदैन । यसबाट स्मृति कोष बढ्दछ। कानमा दबाव पर्नाले दिमागका ती नसाहरू सक्रिय हुन्छन् जसको सम्बन्ध स्मरण शक्तिसँग हुन्छ । वास्तवमा गल्ती गर्दा बच्चाहरूको कान निमोठ्ने कारण यही भएर नै हो ।

७.  शुक्राकीटको रक्षा

दाँया कान हुँदै जाने नसाहरूको सम्बन्ध अंडकोष र गुप्तेंद्रियससंग हुन्छ । मूत्र त्याग गर्ने बेला दाँया कानमा यो सिउरिनाले ती नसाहरूमा दबाब पर्दछ जुन नसाहरूबाट वीर्य निस्कन्छ । यस्तो ज्ञात अज्ञात शुक्राकीटहरूको रक्षा हुन्छ। यसबाट मानिसको बल तथा तेज वृद्धि हुन्छ ।

८. दुष्ट आत्माहरूबाट रक्षा  

दुष्ट आत्माहरूबाट रक्षा हाम्रो मान्यता के छ भने जनै धारण गर्ने मानिसका वरिपरि खराब आत्माहरू भड्किन आउँदैनन् । यसको कारण के हो भने जनै धारण गर्ने मानिस आफैँ पवित्र आत्मरूप बनेको हुन्छ र त्यसमा स्वत आध्यात्मकि ऊर्जाको विकास भएको पाइन्छ ।

९.  आचरणको शुद्धताले बढ्छ मानसिक बल

काँधमा यो छ भन्ने कुराको एहसास मात्रैले पनि मानिस खराब आचरण गर्नबाट हच्किन्छ । पवित्रताको एहसास भएमा आचरण शुद्ध हुनेछ । आचरणको शुद्धताले मानसिक बल बढ्दछ ।

यो पनि पढ्नुहोस्  

जनैलार्इ कानमा सिउरिनुको बैज्ञानिक कारण


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !