२३ बैशाख २०८१, आइतबार

सर्पको बिष सम्बन्धी रोचक तथ्य


snake venom

-राम ठकुरी

धेरै मानिशहरु सर्प देखि डराउने गर्दछन। विश्वमा हरेक बर्ष १० देखि २० लाख मानिस सर्प बाट डसिन पुग्छन् । जस्मध्ये ५० हजार देखि १ लाख मानिस बिसालु सर्पबाट डसिन पुग्छन। श्रीलंका येस्तो देश हो जहाँ हरक बर्श सर्पको डसाइवाट अन्य ठाउमा भन्दा बढी मानिसको ज्यान जाने गर्छ। नेपालमा पनि तराइ क्षेत्रमा हरेक गर्मी मौसममा धेरै मानिशहरुलाइ सर्पले डस्ने गर्दछ र केहिको मृत्यु समेत हुने गरेको छ । नेपालको पहाडी इलाका भन्दा तराइ इलाकामा पाइने सर्प जस्तै कोब्रा र करेट धेरैनै बिषालु हुन्छ । यस्ता सर्पले डसेमा समयमै एन्टिभेनम ( anti venom) दिन नसकेको अवस्थमा बिरामिको मृत्यु हुन्छ ।

Snake's teethसर्पको टाउको भित्र बिष रहने थैली ( poison gland) हुन्छ, जुन थैलीबाट सुरु भएको मसिनो नली सर्पको दाँतको टुप्पोमा आइ खुलेको हुन्छ । जब सर्पले अन्य जनाव्रर लाइ डस्छ्द तब त्यसले बिष दाँतको टुप्पोबाट आफुले ड्सेको जनावरको शरिरमा छोडने गर्दछ । यदी सर्प बिषालु परेमा यसको बिषको प्रवाभले तुरुन्त जनावरको मृत्यु हुन्छ ।

सर्पको बिष प्रोटिन र इन्जाइमको अणुले बनेको हुन्छ। यसमा प्रमुख दुइ प्रकारका बिष हुन्छन्। पहिलो प्राकार भनेको न्युरो टोक्सिक (neurotoxic venom) हो जसले मस्तिस्कमा प्रभाव पर्छ भने दोश्रो प्रकारको बिष भनेको हेमोटोक्सिक (haemotoxic venom ) हो जसले रगत र तन्तुहरुमा क्षती पुर्याउछ ।

१. रोचक पक्ष
हामी टेलिभिजनमा मानिशले बिषालु सर्पको टाउको काँचै टोकेर खाएको हेर्दछौ । सबैलाइ लाग्न सक्दछ किन त्यो मान्छे लाइ बिष लागेन भनेर्, तर हामिले बुझ्नु पर्ने कुरा के छ भने सर्पको बिष जब रगतमा प्रबेस गर्छ तबमात्र त्यो बिषको प्रवाव सरिरमा पर्ने हुन्छ । यदी मुख र पेटमा घाउ छैन भने जिउदै कोब्रा र करेटको टाउको चपाए पनि बिषको प्रभाव पर्दैन । सर्पको बिष एक खालको प्रोटिन र इन्जाइम भएकोले पेटमा पुग्ने बितिकै त्यसलाइ हाम्रो पेट्ले पचाइदिन्छ। कहिलेकाही पानिको स्रोतमा सर्पले आफ्नो सिकारलाइ आक्रमण गर्दा निकालेको बिष परेको हुन्छ र सो बिष पारदर्शी हुन्छ। हामिले पिउने पानीमा पनि सो बिषको केही अणुहरु रहेको हुन्छ जुन हानिकारक हुदैन ।

२. सर्पको बिषको उपयोगित

  1. सर्पको बिष खतर्नाक हुनाको वावजुद पनि बिभिन्न औसधीमा प्रयोग हुन्छ ।
  2. सर्जरी गर्दा रगत बढी नबगोस भन्नको लागी रगत जमाउन प्रयोग हुन्छ ।
  3. सर्पले ड्सेको बिरामीको उपचारमा रगतको क्लोटिङ हटाउन सर्पकै बिष प्रयोग गरिन्छ ।
  4. कोब्राको बिषमा भएको इन्जाइमलाइ स्नायु सम्बन्धी रोग जस्तै अल्जाइमर (Alzheimer) को उपचारमा प्रयोग गरिन्छ ।
  5. सर्पको बिषको इन्जाइमलाइ स्तन क्यान्सरको उपचारमा प्रयोग गरिन्छ ।
  6. छालाको चाउरी पाना हटाउन समेत सर्पको बिष प्रयोग गरिन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !