, नरसिंह जयन्ती तथा अवतार

नरसिंह जयन्ती तथा अवतार

आज नरसिंह जयन्ती

सुरेन्द्र प्रसाद सिग्देल

सुरेन्द्र प्रसाद सिग्देल

आज नरसिंह जयन्ती भगवान् नरसिंहलाई साष्टाङ्ग दण्डवत् प्रणाम गर्दछु । विष्णुजिष्णुविभुर्देवो यज्ञेशो यज्ञपालकः । प्रभाविष्णुर्ग्रसिष्णुश्च लोकात्मा लोकपालकः ।। केशवःकेशिहा कल्प सर्वकारण कारणम् । कर्मकृद् वामनाधीशो वासुदेवः पुरुष्टुत ।।– नरसिंह पुराण ४०। ३६–३७ अर्थात् हे विष्णु, जिष्णु, विभु, देव, यज्ञेश, यज्ञपालक, प्रभविष्णु, ग्रसिष्णु, लोकात्मा, लोकपालक, केशव, केशिहा कल्प, सर्वकारण आदि–आर्दि ब्रह्मादि देवताहरूले पनि यसै दिव्य सतनामले स्तुति गरेका थिए ।

प्रतप्तचामी करचण्डलोचनं स्फुरत्सटाकेसरजृम्भिताननम् ।
करालद्रष्ट्रं करवालचञ्चल क्षुरान्तजिह्वंभृकुटीमुखाल्बणम् ।।
स्तब्धोध्र्वकर्णंगिरिकन्दराद्भुतव्यात्तास्यनासं हनुभेदभीणम्रूरू
–भागवत७।८।२०(२)-२१

भयानक सुनारले तताएको तात्तातो , पहेंलपुर सुन जस्तो भयानक आँखा भएका, हाई गर्दा गर्दनको कपाल बृक्षको लहरा जस्तै हल्लिरहेको ,विकराल शब्द गरेर यता–उता दौडिएका, तरवारजस्तै तिखो धार भएको जिभ्रो हल्लाएर, आँखिभौं खुम्च्याएर, डरलाग्दो मुख, ठाडा–ठाडा कान, डरलाग्दो ओष्ठ, नाक रिसले फुलेका, आँ गरेर गर्जना गर्दा गर्जना गर्दा मुख पहाडको गुफा समान अद्भुत विशाल, महाँ भयङ्कर शरीरभएको मानौ मन्दराचलनै त्यसै सभामा आएजस्तो, टाउकोसिंहको तर शरीर मानवको जस्तो सयकडौंहातहरू सवै दिसामा फैलिएको शस्त्र-अस्त्र समान नङभएको यस्तो महा भयङ्कर रूप धारण गरेको जीव उत्पन्न भए । यस्तो रूपको वर्णन भागवतमा गरिएको छ भने नरसिंह पुराणमा पनि त्यस्तै महा भयङ्कर स्वरूपको वर्णन गरेको पाइन्छ ।

अतिरौद्रं महाकायंदानवानांभयङ्करम् ‘
महानेत्रं महावक्त्रं महाद्रष्ट्रं महाभुजम्।।
महानखं महापादं कालाग्निसदृशाननम्।।
कर्णान्तकृतविस्तारवदनं चातिभीषणम्।।
–नरसिंह पुराण ४४।१४ र १५

बडे बडे नेत्र विशाल मुख,लामोलामो दाडी,लामोलामो हात, जसमा बहुत लामोलामो नङ तथा गोडा पनि विशाल थियो ।यसको मुख कालाग्नि समान देदीप्यमान झलझलि वलेको थियो । चिउँडो कान सम्म फैलिएको थियो भने भयङ्कर उग्ररूप भएका अरु कोहि नभएर आदिकालमा भक्त प्रह्लादलाई दानव हिरण्यकशिपुको अत्याचारबाट रक्षा गर्न भगवान्को २४ अवतारमा १४ औं अवतार नरसिंह अवतार हो । भगवान् विष्णुले अनायासै नरसिंह अवतार लिनु भयो । भन्ने हाम्रो जुन धारणा छ त्यो नभएर देवता, यक्ष, गन्धर्व, किन्नर हरूले त्यस दानवको अत्याचार कस्तो अत्याचार भने न यष्टव्यं न होतव्यं न दातव्यं सुरान् प्रति ।। युष्माभिरहमेवाद्य त्रैलोक्याधिपति प्रजाः ।। –नरसिंह पुराण,४०।१८ अर्थात्, हे प्रजागणहरू देवताको लागि यज्ञ, हवन, दान नगर अव म नै त्रिभुवनको अधीश्वर हूँः अतः मेरै पूजा गरी यज्ञमा हवन दानदि कर्म गर भनेर आदेश दियो ।

जनता पनि डराएर त्यसै गर्न लागे । त्यस दानवले स्वर्ग, मत्र्य, पाताल तीनैलोकमा ब्रह्माजीको वरदानले उन्मत्त भै सम्पूर्ण प्राणीलाई दुःख दिन लाग्यो तव इन्द्रदिदेवताहरू ब्रह्माजी समक्ष गएर, हे परम पिता तपाईँको वरदानले उन्मत्त भएको हिरण्यकशिपुले हामीहरूलाई स्वर्गबाट पदच्युत गरी पृथ्वीमा विचरण गर्न बाध्य पारेको छ । त्यसलार्इृ स्वर्गबाट लखेट्नु प¥यो भनेर विन्ती गर्न गए पछि, ब्रह्माजी भन्नु हुन्छ हे देवता हो ! त्यो मेरै वरदानले बलशाली भएको हुंदा मैले केहि गर्न नहुने भएकोले हामी भगवान् शंकरकहाँ जाऔं भनी गए, भगवान् शंकरले पनि हिरण्यकशिपुलाई ब्रह्माजीको वरदान अनुसार मैले मार्न नहुने भएको हुँदा भगवान् विष्णुले मात्र मार्न सक्नु हुन्छ, फेरी एक समय सनतकुमारहरू वैकुण्ठमा भगवान् विष्णुको दर्शन गर्न जाँदा उहाँहरूलाई नचिनी बालक समान ठाँनी रोक्दा रोषवस ती कुमारहरूले द्वारपाल जय र विजयलाई ३ जन्म सम्म दानव हुनु परोस भनी श्राप दिनु भएको – (हिरण्याक्क्ष्य÷हिरणकशिपु पहिलो जन्म भएको) थियो र त्यस श्रापबाट निबृृत गराउन भगवान्लेनै ब्रह्माजीको श्रापानुकुल चरित्रको अवतार ग्रहण गरी उद्धार गर्नु पर्नेछ । तसर्थ हामी सवै भगवान् विष्णुको समिपमा जाऔं भनी ब्रह्माजी समेत वैकुण्ठ तर्फ जानु भयो । वैकुण्ठमा गै ती ब्रह्मादि देवताहरूले दिव्य सतनामले स्तुति गर्दा भगवान् विष्णु प्रसन्न भै –पुण्यनामशतेनैव संस्तुतोऽहं भवेन च । –नरसिंह पुराण ४०।५७(२) भन्नुभयो हे देवताहरू ! तपाईंहरूको स्तुतिबाट म प्रसन्न भऐं केहिकाल प्रतिक्षा गर्नुहोस्, त्यसको एउटा ज्ञानी, बुद्धिमान मेरोभक्त छोरा हुन्छ, त्यो दूर्मति दानवले धेरै दुःख तथा यातना दिन्छ तब म त्यसको वध गर्नेछु भनी आश्वाशन दिनुभयो साथै सनकादि ऋषिहरूको श्रापमोचन समेतको परिणति स्वरूप भगवान्ले त्यस्तो वहुप्राणीको आकृतिको अवतार ग्रहण गर्नु परेको हो ।

हुनत भगवान्को प्रायः अवतार कि कुनै ऋषि, ब्रह्मणहरूको श्राप, तथा कसैको तपस्याबाट अभिप्रेरित भै जीव, जन्तु, तथा जनावर समेतको रूपमा श्राप तथा वरदानलाई पूर्णता दिन पृथ्वीमा अवतरण हुनुभएको छ । यसरी भगवन्ले सृष्टि क्रमलाई सामञ्जस्यता लेराउन र सवै प्राणीहरूमा समभाव राख्न पनि सृष्टिमा भएका सवै प्राणीको अवतार लिनु भएको हुन सक्छ । भगवान्का २४ अवतारहरूमा जलचर– माछा, जलचर तथा भूमिचर– कछुवा, जंगल– वराह –घोडासाथै मानव र जनावरको अर्धमानवको समेतको अवतार ग्रहण गरी मानव तथा प्राणीको कल्याण गर्नुभएको छ ।

भगवन् विष्णुको अनेकानेक भएको छ । पृथ्वीमा अवतरित भएका कुनै पनि प्राणीले राम्रो कार्य ( समाजमा अनुकरण गर्न लायकको, परोपकारी कार्य) गरेमा हामी तथा हाम्रो समाजले त्यस्ता कार्य गर्नेलाई अभिनन्दन समेत गर्दछौं । भगवान्का अवतार मध्ये प्रमुख अवतार भनेर २४ अवतारलाई (हंस र हैग्रीव समेत ) प्रयोजन, हेतु, ध्येय, कारणले अभिपे्ररित भै भएका र प्रयोजन अनुसार कार्य समेत भएको पाइन्छ । तसर्थ यसै २४ अवतारलाई भागवत महापुराणमा पनि वर्णन गरेको पाइन्छ । स एव प्रथमं देवः कौमारं सर्गमास्थितः । चचार दुश्चर ब्रह्मां ब्रह्मचर्य मखण्डितम् ।। …..चतुर्दशं नारसिंहं बिभ्रदैतेन्द्रमूर्जितम् । ददार करजैर्वक्षस्येरकां कटकृद्यथा ।।–भागवत् १।३।६र१८ । प्रथम सनतकुमार, (सनत, सनन्दन, सनातन, सनतकुमार) दोस्रो बराह, तेस्रो नारद, चौथो नरनारायण, पाचौं कपिल, छैठौं दत्तात्रेय, सातौं यज्ञ, आठौं ऋषभदेव, नवौं पृथु, दशौं मत्स्य, एघारौं कक्ष्यप, वारौं धन्वन्तरी, तेरौं मोहिनी, चौधौं नरसिंह, पन्धौं वामन, सोरौं परशुराम, सत्रौं वेदव्यास, अठारौं राम, उन्नाइसौं बलराम, बीसौं कृष्ण, एक्काइसौं बुद्ध, बाइसौं अवतार कल्कि रूपमा हुनेछ । यसका अतिरिक्त हंस र हैगीवको पनि अवतार भइसकेको भागवतमा वर्णन गरिएको पाइन्छ । अवतारहरूमा पनि १० अवतारलाई पूर्णावतार मानिएकोछ ।

“मत्स्यकुर्मोबराहश्च नरसिंहोवामनस्तथा ।। रामरामौरामश्च बुद्धकल्कि चितेदश” ।। यसैगरि भगवान्को अवतारका विषयमा भागवत्को प्रथमस्कन्ध को तेस्रो अध्यायमा ऋषयो मनयो देवा मनुपुत्रा महौजसः ।। कलाःसर्वे हरेरेव सप्रजापतयस्तथा ।।भागवत १।३।२७ भगवान्कै अवतारहरूको विषयमा शौनकादि ८८ हजार ऋषिहरू त अगाध ठुलो सरोवरबाट हजारौं साना–साना खोलानालाहरू उत्कर्षण हुन्छन् । ती सवै भगवान् हरिको असंख्य अवतार हनु् । जस्तै ऋषि, मनु, देवता, प्रजापति, मनुपुत्र, तथा सृष्टिमा जति शक्तिशाली प्राणीहरू हुन्छन् । ती सवै भगवान्को अंशावतार तथा कलावतार भनेर भागवत्लेनै पुष्टि गरेको छ । साथै “वसन्ति सर्वाणी भूतानि अस्मिन इति वासुदेव” अर्थात्, भगवान् सर्वभूत स्थावर, जंगम, कीटपर्यन्त जीवमा वास गर्नै नै वासुदेव हुन् । वेद वाक्यले पूर्णता प्राप्त गर्दछ ।

भगवान् विष्णुको द्वारपाल जय र विजयलाई सनतकुमारको श्राप, हिरण्यकशिपुलाई ब्रह्माजीको वरदान र हिरण्यकशिपुले इन्द्रादि देवताहरुलाई पदच्युत गरी स्वर्गबाट विस्थापन गरी आपैंm सृष्टि संचाला गर्छु भनी ईश्वरिय सत्ताको अवहेलना गरी भगवान्को भक्तलाई समेत यातना दिएको हुँदा नै भगवान्ले नरसिंह अवतार लिनुभएको पुराणदि हाम्रा धर्म ग्रनथहरुले वर्णन गरेको पाइन्छ । भगवान् नरसिंहको नामस्मरण यजन, पूजन तथा यस उत्तम आख्यान सुन्ने सुनाउने गरेमा नर हुन् या नारी हुन् जो भए पनि दुष्टको सङ्ग गरेको दोष, दुःख, शोक, रोगव्याध आदिको प्रकोपबाट छुटकारा आदि उत्तम फल पाउँदछ ।

नरो वा यदि वा नारी श्रृणोत्याख्यानमुत्तमम् ।
बैद्यव्याददुःखशोःकाच्च दुष्टसङ्गात्प्रमुच्यते ।।
–नरसिंह पुराण ४४।४१ अस्तु

*काठमाडौँ कपन निवासी सुरेन्द्र प्रसाद सिग्देल लेखक हुनुहुन्छ । उहाँको पाण्डव-गीता पुस्तक प्रकाशित छ ।

यो पनि पढ्नुहोस्

सीता एक पौराणिक रहस्य तथा सीता चरित्र