२४ बैशाख २०८१, सोमबार

मन्दिरमा घण्टी किन बजाइन्छ ? यस्तो धार्मिक कारण


मन्दिर

हिन्दू धर्म परम्परा अनुसार प्रत्येक धार्मिक अवसरमा अवश्य घण्टी बजाइन्छ । घन्टीको आवाज प्रत्येक मन्दिको पहिचान हो र प्राचीन समयदेखि नै मन्दिरमा घन्टी बजाउने परम्परा छ । हिन्दु धर्मल्वाम्भीहरुले मन्दिरमा वा घरमा पुजा गर्दा घन्टी बजाएर आराधना वा पुजा गर्ने गर्दछन । घण्ट संस्कृतबाट आएको शब्द हो। हिन्दू धार्मिक अभ्यास वा अनुष्ठानमा यसलाई घण्टी भनेर प्रयोग गरिन्छ ।

‘घण्टी’को अर्को पनि महत्व छ । कहिल्यै विचार गर्नुभएको छ, घण्टीको आवाजले के भनेको हुन्छ ? हिन्दु शास्त्रको अनुसार मानिसको शरीरलाई केवल एक ध्वनीले प्रतिनिधित्व गरेको हुन्छ, त्यो हो संस्कृत शब्द ‘‍ॐ’। अनि घण्टीको आवाजले पनि ‘ॐ’ उच्चारण गरिरहेको हुन्छ ।

मन्दिरमा घण्टी जडान गर्नु र बजाउनुको धार्मिक कारण छ । देवीदेवताको आरती घन्टनाद विना पूरा नुहने धर्मग्रन्थहरुमा उल्लेख गरिएको छ । मन्दिरमा आरती हुँदा घन्टीको आवाजले मानिसको मनमा भक्तिभाव जाग्ने विश्वास लिइन्छ । मन्दिरमा राखिएका सानाठूला घन्टीका आवाजले वातावरणलाई शुद्ध बनाउँछन् ।

पुराणका अनुसार मन्दिरमा घन्टी बजाउँदा अनेकौं जन्मका पाप नष्ट हुन्छन् । सृष्टिको प्रारम्भ हुँदा सुनिएको आवाज त्यही घण्टीको ध्वनि हो । नियमित रूपमा आरती गर्दा र लगातार घन्टी बजाउँदा मन्दिरमा स्थापित देवीदेवताका प्रतिमा चैतन्य हुन्छन् । यी प्रतिमाको पूजा बढी प्रभावशाली र शीघ्र फलप्रदायक हुन्छ ।

धार्मिक शास्त्रमा गरुड घण्टीलाई अति नै शुभ मानिन्छ । यसलाई घरमा राखेर बजाउने गर्नाले परिवारमा सुख शान्ति मिल्ने मान्यता रहेको छ । त्यस्तै मन्दिरमा बजाइने घण्टी कालको प्रतिक हो । यसको आकार ठुलो हुन्छ जसको आवाज टाढासम्म पुग्छ र मृत्युदेखिको डरलाई शान्त पार्न मदत गर्छ । हरेक दिन मन्दिरमा घण्टी बजाउनाले व्यक्ति मानसिक रुपले पनि मजबुत हुन्छ ।

हिन्दु धर्ममा घण्टीलाई अति नै शुभ मानिन्छ। प्रत्येक दिन बिहान ५-७ बजेको बिचमा घण्टी बजाउनाले घरमा लक्ष्मीको आवागमन हुने मान्यता छ । पूजा गरिसके पछि आरतीको समयमा घण्टी बजाउनाले भाग्य बलियो हुन्छ। यदि सोचेको जस्तो काम भईरहेको छैन भने शनिवार या मंगलबार कुनै मन्दिरमा गई पित्तलको घण्टी दान गर्नाले बिस्तारै हरेक समस्याबाट छुटकारा पाउन सकिन्छ ।

यो पनि पढ्नुहोस्

मन्दिरमा घण्टी किन बजाइन्छ ? यसभित्र लुकेको वैज्ञानिक पक्ष


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !