प्रधानमन्त्री देउवाले थापाथली पुगेर गरे छठ पूजा Nepalpatra प्रधानमन्त्री देउवाले थापाथली पुगेर गरे छठ पूजा
१८ मंसिर २०७८, शनिबार

प्रधानमन्त्री देउवाले थापाथली पुगेर गरे छठ पूजा


प्रधानमन्त्री देउवाले थापाथली पुगेर गरे छठ पूजा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पूजा गरेका छन् । उनले आज बुधबार थापाथलीस्थित बागमती नदी किनारमा पुगेर छठ पुजाअर्चनामा सहभागी भएका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै बुधबार काठमाण्डौंको गुह्येश्वरीस्थित गौरीघाट पुगेर छठ पूजा गरेकी थिइन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइन्छ ।

यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहेको छ ।

नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !