१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्री देउवाले थापाथली पुगेर गरे छठ पूजा


प्रधानमन्त्री देउवाले थापाथली पुगेर गरे छठ पूजा फाइल फोटो

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले छठ पूजा गरेका छन् । उनले आज बुधबार थापाथलीस्थित बागमती नदी किनारमा पुगेर छठ पुजाअर्चनामा सहभागी भएका हुन् । यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले आजै बुधबार काठमाण्डौंको गुह्येश्वरीस्थित गौरीघाट पुगेर छठ पूजा गरेकी थिइन् ।

कार्तिक शुक्ल चतुर्थीदेखि पञ्चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीका किनारमा अस्ताउँदो र भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व मनाइन्छ ।

यस पर्वमा सूर्य देवता र छठी माताको पूजार्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहेको छ ।

नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठ पर्व हाल काठमाडौं उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहमा समेत हर्षोल्लासका साथ मनाइन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !