२० बैशाख २०८१, बिहिबार

विश्वासमा यो धर्ती अडिएको छ


शिव

परमेश्वर शिवले हामीलाई यो स्थानमा पुर्याउनु भएको छ । यदि हामीले गल्ती गर्छौं भने हामी सजाएका भागीदार बन्ने छौं यो हामी कदापि चाहदैनौं । अन्तमा पाको उमेरका एक जना सन्तको कुरा सुनेपछि एउटी बहिनीले यसरी आफ्नो भावना पोखाएकी थिइन् ‌।

ती बहिनीको कुरा ठीक हो । ती सन्तले परमेश्‍वर शिवको पुजा गर्नाले आफुबाट भएका सवै गल्ती क्षमा गरिदिनु हुनेछ भन्ने कुरामा प्रकाश पारेका थिए ।

संसारमा कोही ठूलो छैन छ भने केवल विश्वास ठूलो छ । हामीले कसैलाई विश्वास गर्छौं भने त्यहाँ परमेश्वर भगवान शिवको बास रहनेछ । यदि हामीले विश्वासपूर्वक कुनै काम गर्छौ भने पुग्नेछ ।

आज केहि सैतानहरूले मेरो बारेमा गलत प्रचार गरेकाले उनीहरु मेरो शरणमा आएमा अवश्य क्षमा दिने छु भनेर शिव परमेश्वरले भन्नुभएको छ । परमेश्वर शिव संसारका हर्ता-कर्ता हुनुहुन्छ ।

मानिसले गरेका कतिपय गलती परमेश्वर शिवको विश्वासपूर्वक आराधना गर्न सके क्षमा दिनु हुनेछ । कलियुगमा मानिस स्वार्थमा चुर्लुम्म डुवेको छ उसले सवै भुलिसकेको छ । पाप र धर्म यही छ जसले गल्ती गर्छ सजाय भोक्छ ।

जब जब मानिसले विश्वास गुमाउन थाल्दछ तब तब उ गलत काममा फस्न थाल्दछ । ‘विश्वासम फलदायकम’ भन्ने कुरा सावित गर्न परमेश्वर शिवको सम्झनामा केवल एउटा अगर बत्ति बाल्नु होस म वहाको गल्तीलाई क्षमा दिनेछु भनेर आफ्ना भक्तहरूलाई भन्नु भएको छ ।

विश्वासमा जति ठूलो शक्ति हुन्छ त्यो भन्दा ठूलो अरू केही छैन । पहिले आफु माथि विश्वास गर्नुस र अरूको भरोसा गर्नुस् तपाईंले सोचेको सवै पुग्दै जान थाल्नेछ । परमेश्वर भगवानले भन्नु भएको छ आज यो धर्ती केवल विश्वासको आधारमा अडेको छ ।

जहाँ विश्वास छ त्यहाँ शक्ति छ । संसारमा कुन ठूलो कुन सानो यदि ठूलो छ भने केवल विश्वास ठूलो छ । ढुंगालाई हजुर विश्वास गर्नुहुन्छ भने त्यहाँ शक्ति अवश्य देख्न सक्नु हुन्छ । आज नेपालमा विश्वासप्रति घात अन्तर-घात भएको छ । आफ्नाको विश्वासलाई तोड्ने काम भएको छ ।

म भन्दा ठूलो कोही छैन भन्ने भावना हुनाले विश्वास लोप हुदै जानाले विकास धरापमा परेको छ । जब हामीले यो कुराको विश्वास गर्न थाल्नेछौं कि हामीले पठाएको व्यक्ति नै गलत छ भन्ने कुरालाई थाहा भएमा त्यस्ता व्यक्ति स्वत: सडकमा झर्ने छन् । परमेश्वर शिवले भन्नुभयो ममाथि विश्वास गर म सवै पुराई दिनेछु ।

एक पटक मेरो मनमा एउटा कुरा आएको थियो के परमेश्वर भगवान शिव हुनुहुन्छ ? एक पटक मलाई ठूलो समस्या परेको थियो मैले विश्वासपूर्वक सोचेको थिए परमेश्वर शिवले मेरो विश्वासलाई पक्कै टुक्राउनु हुनेछैन । असारको महिना थियो एक जना दाईले मेरो खातामा पैसा राख्नु भयो र भन्नुभयो जहिले घडेरी किन्नेछु त्यसै दिन माग्नेछु ।

केहि दिनपछि उहाँले घडेरी रोज्नु भएछ र मलाई आएर भन्नुभयो मलाई पैसा चाहियो तर मैले पैसा खर्च गरिसकेको थिए । अब के गर्ने होला भन्दै सुत्ने प्रयत्न गर्दै थिए त्यत्तिकैमा मलाई निन्द्रा लागेछ सपना देखे एउटा जटाधारी बाबाले भन्नुभयो बच्चा तिमि चिन्ता नगर भोली तिम्रो समस्या समाधान हुनेछ ।

भोलीपल्ट बिहानै कृषि विकास वैङ्कका मेनजरले केहि दिन पहिले लोनको बारेमा मलाई भन्नुभएको थियो म पास गराई दिन्छु पुर्जा लिएर आउनुहोस भन्नु भयो म तिन छक परे र मन-मनै मैले सोचे यो संसारमा विश्वास भन्दा ठूलो शक्ति केहि रहेनछ ।

मेरो काम भयो मैले परमेश्वर शिवको मुर्तीमा फुल र प्रसाद दिदै धन्यवाद दिदै यसरी नै दिन दुखिको सहयोग गरिदिनु हुन आग्रह गरे आज म जुन स्थानमा छु सवै विश्वासको फल हो । ॐ

*डा. राम बहादुर बोहरा नेपाल वैकल्पिक चिकित्सा विकास परिषद नवलपरासीको अध्यक्ष, बरिष्ट आयुर्वेद डाक्टर, साइन्स इन्फोटेक र नेपालपत्रका सल्लाहकार तथा नेपालपत्रको स्वास्थ्य स्तम्भकार हुनुहुन्छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !