१४ बैशाख २०८१, शुक्रबार

पाथीभराको भेटीमा दुई समिति वीच हानथाप


pathivara temple

१ माघ, ताप्लेजुङ । पूर्वकै प्रसिद्ध धार्मिक स्थल पाथीभरामा यो आहान चरितार्थ भएको छ । मन्दिरमा भक्तजनले चढाएको भेटीका लागि दुई समिति वीच लामो समय हानाथाप भइरहृयो । अहिले गृह मन्त्रालयले मन्दिरको भेटी ‘पाथीभरा क्षेत्र विकास समिति’ को खातामा जम्मा गर्न भनेपछि स्थानीय समितिमा तरङ्ग नै पैदा भएको छ ।

लामो समयसम्म पाथीभरको भेटी संकलन र व्यवस्थापनको काम २०५१ सालमा गठित पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा सम्वर्द्धन समितिले गर्दै आएको थियो ।
दुई दशकसम्म संकलन भएको भेटी विभिन्न बैंकमा जम्मा गरिएको समितिले बताएको छ । तर, त्यसमाथि सार्वजनिक रुपमा प्रश्न उठे्दै आएको थियो ।

पछिल्लो समय सरकारले गठन गरेको पाथीभरा क्षेत्र विकास समितिले पनि भेटीमाा चासो देखाएको छ । समिति २०५३ सालमै गठन भएको थियो तर, पछिल्लो चार वर्षदेखि सक्रिय भयो र मन्दिरको भेटी सरकार मातहतमा ल्याउन पहल थाल्यो । समितिको खातामा अहिलेसम्म १ करोड ४० लाख बढी रकम संकलन भएको छ । यो समितिले नै कर्मचारी र पाथीभराका पुजारीलाई तलब दिने क्रम चलिरहेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु