२५ बैशाख २०८१, मंगलबार

नेपाल संवतलाई संघीय र प्रदेश सरकारले प्रयोगमा ल्याउनुपर्ने


नेपाल संवतको नयाँ वर्ष ११४१

मकवानपुर । नेपाल संवत्को नयाँ वर्ष का उपलक्ष्यमा नेपाल भाषा खलः मकवानपुरका सभाकक्षमा स्थापित नेसंका प्रणेता शंखधर साख्वाको शालिकमा खलःका अध्यक्ष महेश्वर श्रेष्ठ तथा पूर्वअध्यक्षद्वय रुद्रहरि जोशी र महारत्न बज्राचार्यले माल्यार्पण गर्नुभयो ।

सो अवसरमा उहाँहरुले नेसं कुनै जातिविशेष मात्र नभई सबै जातजाति, धर्म र सम्प्रदायको भएकाले प्रयोगमा ल्याउन संघ र प्रदेश सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । सो अवसरमा नेवा सांस्कृतिक पुचः हेटौंँडाले बाजागाजासहितको पदयात्रा गरी नगर परिक्रमा गरेको गरेको थियोे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !