१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर छठ पर्व मनाउन आग्रह


छठपर्व फाइल फोटो

जनकपुरधाम, २७ कात्तिक । जिल्ला प्रशासन कार्यालय धनुषाले भीडभाड नगरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गरी छठ पर्व मनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी जिल्ला सङ्कट व्यवस्थापन समिति र सुरक्षा समितिको बैठकको निर्णयानुसार सो आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार समितिले सङ्क्रमणको विद्यमान स्थितिमा तिहार, छठजस्ता पर्वमा देउसी भैलो तथा जुवा÷तास नखेल्न समेत सबैमा आग्रह गरिएको छ ।

त्यस्तै खोला नदी तथा पोखरीहरू भित्र नपसी छठ पर्व मनाउन बैठकबाट निर्णय गरिएको बताइएको छ । समितिद्वारा सो विपरित गरे गराए व्यक्ति विशेषदेखि राजनीतिक, धार्मिक तथा सामाजिक सङ्घ÷ संस्थाका पदाधिकारीलाई सङ्क्रामक रोग ऐन–२०२० बमोजिम कारवाही गरिने पनि निर्णय गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !